आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

कप्तान पारस खड्का अस्पताल भर्ना

आइतबार, १६ फागुन २०७२, ०६ : ०८
आइतबार, १६ फागुन २०७२

काठमाडौँ– राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का पेटमा समस्या भएपछि उपचारका लागि आइतबार अस्पतालमा भर्ना भएका छन् ।

खड्काको आन्द्रामा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको उपचारमा संलग्न चिकित्सक मधु घिमिरेले जानकारी दिए ।

चिकित्सकका अनुसार अहिले उनको अवस्था सामान्य रहेको छ । पूर्णरुपमा स्वास्थ्य विवरण आउन भने दुई दिन लाग्नेछ ।

शुक्रबार पेटमा समस्या भएपछि खड्कालाई उपचारका लागि अस्पतालमा लगिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप