पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप सुरु
पोखरा– जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले पाठेघरको मुखको क्यान्सरबाट बचाउन आइतबारदेखि कास्कीका दुई नगरपालिका र ३२ गाविसमा कक्षा ६ मा अध्ययनरत १० वर्षसम्मका किशोरीलाई एचपिभी खोप कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यालयले पोखरा उपमहानगरपालिकाका २८ वटा वडामा आइतबारदेखि २१ गतेसम्म र लेखनाथनगरपालिकाका सबै वडा र ३२ गाविसमा फागुन २२ देखि ३० गतेसम्म सो खोप दिइने कार्यालयका खोप अधिकृत एकनारायण लम्सालले जानकारी दिए ।
एचपिभी खोप तथा पाठेघरको मुखको जाँचजस्ता कार्यक्रम एकैचोटी सञ्चालन गर्ने गरी स्वास्थ्य मन्त्रालयले यसैवर्षदेखि कास्की र चितवन जिल्लामा परीक्षणका रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
कास्की जिल्लाका कक्षा ६ मा अध्ययनरत करिब छ हजार ५०० र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका करिब २०० जना गरी छ ७०० जनाकिशोरीलाई सो खोप लगाइने छ ।
सो उमेरका किशोरी प्रायःजसो विद्यालयमा अध्ययन गर्ने हुनाले जिल्लामा ३४८ विद्यालय र बाहिर रहेकालाई ५५ वटा स्वास्थ्य संस्थामा खोप केन्द्रको व्यवस्था गरिएको छ । सो खोप अत्यन्तै महँगो पर्ने र एकजना किशोरीलाई खोप दिँदा करिब १० हजार खर्च हुने वरिष्ठ जनस्वास्थ्य अधिकृत सागरप्रसाद घिमिरेले जानकारी दिए ।
यो खोप अभियान सम्पन्न गर्न जिल्लाका ३०० जना स्वास्थ्यकर्मी परिचालन गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ घण्टाको अवधिमा विपद्का घटनामा ७ जनाको मृत्यु
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन
-
खाडी क्षेत्रमा अमेरिकी सैन्य अड्डामाथि इरानी आक्रमण, युद्ध थप चर्कियो
-
भ्रष्टाचार मुद्दामा सफाइसँगै नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीको पुनर्वहाली
-
जासुसी रोक्न जापान सक्रिय
-
लागूऔषधसहित पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण