त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेको छ । सोमबार समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र भन्सार कार्यालयको स्थलगत अनुगमन गरेको हो ।
समितिले सार्वजनिक सेवा प्रवाह, राजस्व प्रशासन, विमानस्थलमा सञ्चालित क्याफे र अन्य पसल तथा यात्रु सेवा व्यवस्थाको अवस्थाबारे समेत अनुगमन गरेको हो ।
समिति सभापति डा. कृष्णहरि बुढाथोकीले विमानस्थलमा यात्रु तथा विदेशी पर्यटकले भोग्ने समस्या, भन्सारमा यात्रुलाई परेको समस्या लगायत विषयमा स्थलगत अनुगमन गरिएको बताए।
उनले अनुगमनको क्रममा भन्सारदेखि अध्यागमनमा देखिएका समस्याहरूलाई सहजीकरण गर्नुपर्ने देखिएको बताए।
उनले भने,‘ अनुगमनमा विमानस्थलभित्र सञ्चालित क्याफे र पसलहरूमा सामानको मूल्य अत्यधिक महँगो भएको गुनासो आएको छ । हामीले पनि त्यही देखियो । त्यसका विषयमा समितिले अध्ययन गरेर आवश्यक छलफल गर्ने छ।’
त्यस्तै अनुगमनमा सहभागी सांसद विदुषी राणाले विमानस्थलबाट बाहिर जाने यात्रु र विदेशबाट नेपाल आउने यात्रु तथा पर्यटकले समस्या भोग्न नपर्ने गरी अघि आवश्यक रहेको बताइन् ।
उनले वास्तविकता बुझ्नको लागि स्थलगत अनुगमन गरिएको भन्दै केही समस्याहरू देखिएको र त्यसलाई समितिले आवश्यक अध्ययन गरेर सरकारसँग पहल गर्ने बताइन् ।

त्यस्तै सांसद सुशील खड्काले भन्सार,अध्यागमन लगायत राजश्व र यात्रुको समस्या पहिचान गरी समाधानको लागि अनुगमन गरिएको बताए। उनले विमानस्थलमा यात्रुले भोग्नुपर्ने कतिपय अव्यवहारिक प्रणाली सुधार गर्न आवश्यक रहेको बताए।
उनले विमानस्थल भित्र सञ्चालित पसलहरूमा धेरै मूल्य लिने गरेको भेटिएकाले सचेत गराइएको र थप आवश्यक प्रक्रियाको लागि समितिमा छलफल गरिने बताए।
त्यस्तै सांसद जगदीश खरेल (दोलखा)ले विमानस्थलभित्र बढी मूल्यमा समान बेच्ने पसलहरू तत्काल शील गर्न आवश्यक रहेको बताए। उनले महँगोमा सामान बेच्ने तर विल नदिने गरेको भेटिएकाले सचेत गराइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूको सजाय निर्धारण आज नहुने
-
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
-
नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए२७, किस्तामा खरिद गर्न सकिने
-
इरानमाथि अमेरिकी सैन्य आक्रमणः सोमबार दिउँसोसम्म कम्तीमा दुई जनाको मृत्यु
-
विधि विज्ञान प्रयोगशालाका लागि हरेक वर्ष बजेट थप्दै लैजाने मन्त्री पुनको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण