आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

चुरे संरक्षण समितिमा नियुक्तपछि एमाओवादी उदयपुरमा भाँडभैलो

सोमबार, १७ फागुन २०७२, १८ : २५
सोमबार, १७ फागुन २०७२
उदयपुर - जिल्ला विकास समिति उदयपुरका कार्यरत अधिकृतलाई बन मन्त्रीले राष्ट्रपति चुरे संरक्षण समितिको सदस्यमा नियुक्ति गरेसँगै एमाओवादी उदयपुरमा विवाद शुरु भएको छ । एक नम्बर प्रदेशका सेक्रेटरी हिमाल राईको सिफारिसमा चुरेको सदस्यमा पदमा सूचना अधिकारी विश्वजीत राई नियुक्ती भएपनि एमाओवादी उदयपुरमा विवाद भएपछि राजिनामा दिन दवाव परेको हो । फागुन ६ गतेको मन्त्रिपरिषदको बैठकले सूचना अधिकारी राईलाई राष्ट्रपति चुरे संरक्षण समितिको सदस्यमा पदमा नियुक्त गरेको थियो । पार्टी बाहिरको व्यक्तिलाई वन मन्त्रालयको कोटामा नियुक्त गरे पछि एमाओवादी उदयपुरका अध्यक्ष भिम अधिकारी अनिलले महासचिव कृष्ण बहादुर महरा समक्ष आपत्ती जनाएका थिए । एमाओवादी जिल्ला सदस्य किरण राईले आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि राईको चुरे समितिमा भएको नियुक्तीको विरोध जनाए । सुचना अधिकृत राईले आफुलाई एमाओवादीका एक नम्वर प्रदेशका सेक्रेटरी हिमालको सिफारिसमा सदस्य नियुक्ति भएको र अहिले उनै व्यक्तिले राजिनामा दिन दवाव दिएको बताए । यता जिल्ला सदस्य किरणले पत्रकारहरु सँग भने, ‘म जिल्ला समितिको सदस्य भएकाले व्यक्तिगत रुपमा विश्वजित राईलाई तत्काल फिर्ता बलाउनु दवाव दिन्छु ।’ उता एक नम्बर प्रदेशका सेक्रेटरी हिमालले मोवाईलमा एसएमएस गर्दै क्षमता र योग्यताको आधारमा चुरे समितिमा सिफारिस गर्नु पर्ने भएकाले मेरो सिफारिसमा नियुक्त गरेको तर जिल्लामा विवाद भएकाले राजीनामा दिन भनेको बताए । उनले भने, ‘जे भयो भयो तर मलाई विवादमा नपारिदिनु होला’ । एमाओवादी उदयपुरका सचिव नारायण बुर्जामगरले जिल्ला पार्टीको निर्णय विना नै विश्वजित राई सिफारिस गरेर बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप