सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

गुयानाको तटमा ११६ जना बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति हताहत भएको आशङ्का

आइतबार, ०३ साउन २०८३, २१ : ४४
आइतबार, ०३ साउन २०८३

काठमाडाैँ । गुयानाको तटमा शनिबार राति ११६ जना यात्रु बोकेको डुङ्गा डुबेको छ । सरकारका मन्त्री जुवान एजगिलले आइतबार फेरिमा आठ जनालाई जीवित उद्धार गरिएको जानकारी दिएका छन्।

“आज दिउँसो साढे ३ बजे ‘एमभी बारीमा’ नामको डुङ्गाले ११६ यात्रु र चालक दलसहित पोर्ट काइटुमाको लागि यात्रा सुरु गरेको थियो,” एजगिलले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको भिडियोमा भनेका छन्।

“स्थानीय समय अनुसार आइतबार राति करिब ११ः०१ बजे सहयोगका लागि आग्रह प्राप्त भएको थियो,” एजगिलले थपे। त्यसपछि तत्काल उद्धार कार्य सुरु गरिएको थियो।

उनले भने, “अहिलेसम्म हामीले आठ जनालाई जीवित उद्धार गरेका छौँ।' एजगिलका अनुसार गुयानाको कोस्ट गार्ड र स्थानीय निजी डुङ्गाहरूले उद्धार गरेका व्यक्तिहरूको उपचारका लागि चिकित्सकीय टोली घटनास्थलतर्फ जाँदैछ ।

“सक्रिय खोज तथा उद्धार कार्य भइरहेको छ । हामी सबैको सुरक्षाको लागि प्रार्थना गरिरहेका छौँ,“ उनले भने। पोर्ट काइटुमा एसेक्विबो क्षेत्रमा अवस्थित शहर हो, जसको स्वामित्वबारे गुयाना र भेनेजुएलाबिच क्षेत्रीय विवाद छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप