अधिकांश जारका पानी अशुद्ध : कसरी छुट्याउने नक्कली ?
काठमाडौं – विभिन्न कम्पनीको खानेपानीको जारमा अशुद्ध पानी भरेर बिक्री गरेको फेला परेको छ । पानी उद्योगबाट बजारमा पठाइएको खानेपानीको जार खाली भइसकेपछि प्रशोधन नगरिएको पानी भरेर बजार पठाउने गरेको भेटिएको खाद्य तथा गुण नियन्त्रण विभागले जनाएको छ । ‘पहिलो चोटी उद्योगबाटै पठाएको पानी विक्री गर्ने अनि फिर्ता ल्याउने क्रममा अप्रशोधित पानी भरेर बेच्ने गरेको भेटिएको छ,’ गुणस्तर विभागका महानिर्देशक सञ्जिव कर्णले भने ‘यसमा वितरणकर्ताले बदमासी गरेको देखियो ।’ कर्णका अनुसार अहिले जारमा लगाउने विर्को बजारमा जहिँतहिँ किन्न पाइने भएकोले विभिन्न व्यक्तिले ईनारको पानी सिधै भरेर बजार पठाउने गरेका छन् । बिर्कोमै हेरेर सक्कली नक्कली छुट्याउन सकिने बजारमा पाईने नक्कली विर्को प्रयोग गरेर अशुद्ध पानी बजार पठाएपछि अब पानी उद्योगले जारको विर्कोमै सक्कली पानी छुट्टिने गरी उद्योगको नाम र अनुज्ञापत्र नम्बर राख्नुपर्ने भएको छ । विभागले २ महिनाभित्र प्लाष्टिकको सिलप्याक गरी विक्री वितरणका लागि निर्देशन दिने निर्णय गरेको छ । ‘उद्योगले विर्कोमै स्रिङ्क ¥याप अनिवाय राखेर त्यसमा उद्योगको नाम र अनुज्ञापत्र नम्बर उल्लेख गर्न बोटलर्स वाटर एसोसिएसनलाई पत्राचार गरेका छौँ’ कर्णले भने ‘कतिपय उद्योगमा विर्को स्टक रहेकोले २ महिनाभित्र गरीसक्नुपर्ने छ ।’ नेपालमा हाल २ सय ३२ उद्योगहरु खानेपानी उद्योगका लागि अनुज्ञापत्र लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभूतपूर्व युगमा छ इङ्ग्ल्यान्ड, अब यो टोली त्यस्तो होइन
-
घट्टमा पिठो पिस्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु
-
रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन सक्दैन : प्रभु साह
-
भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा ९ जनाको मृत्यु
-
निहारिका गेटमै धर्ना बसेपछि सिंहदरबारमा जे देखियो, तस्बिरहरू
-
प्रधानमन्त्री बालेनद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण