गौरीगन्जमा इप्रका वैशाखदेखि सञ्चालनमा आउने
दमक-झापाको गौरीगन्जमा इलाका प्रशासन कार्यालयले आगामी वैशाखदेखि कार्य थाल्ने भएको छ ।
दक्षिणवर्ती क्षेत्रका बासिन्दालाई नागरिकता तथा राहदानीको सेवा दिने उद्देश्यले कार्यालयले आउँदो वैशाखदेखि काम सुरु गर्नेछ । आज कार्यालय रहने स्थानको झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलसहितको टोलीले स्थलगत अनुगमन गरी कार्यालय स्थानसमेत छनोट गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सो कार्यालयमा प्रशासकीय अधिकृत यज्ञप्रसाद आचार्यको टोली रहने बताइएको छ । अधिकृत आचार्यका अनुसार कार्यालयका सेवा सञ्चालन गर्ने आवश्यक तयारी भइरहेको छ । उक्त कार्यालयबाट गौरादह नगरपालिकासहित त्यस क्षेत्रका गौरीगन्ज, खजुरगाछी, कोरोबारी, महाभारा र वैगुनधुरा गाविसका सेवाग्राहीले सुविधा पाउने छन् । जिल्लामा यस्ता सरकारी सेवा झापाको चन्द्रगढी र दमकको इलाका प्रशासन कार्यालयबाट प्रवाहित हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
-
सडक सञ्जालमा जोडियो अपिहिमाल गाउँपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण