डेभिड फल्समा एक व्यक्ति मृत फेला
शनिबार, २० चैत २०७२, २१ : ५३
पोखरा - पोखरा उपमहानगरपालिका वडा नं १७ छोरेपाटनस्थित पातले छाँगो डेभिड फल्समा आज एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
दिउँसो ४:०० बजेको समयमा खसेका मङ्गोलियन अनुहारको देखिने लगभग ५० वर्षीय पुरुषलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मृत अवस्थामा पातले छाँगोबाट लगभग ९० मिटर तल पानीमा डुबेको अवस्थामा फेला पारेको हो ।
मृतकका साथमा पातले छाँगामा प्रवेश गर्दा दिइने दुईवटा टिकट र रु १५ हजार ५५५ नगद पनि फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।
पहिचान खुल्न नसकेको मृतकको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको उनले बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण