गैैरआवासीय नेपाली सङ्घ कतार सम्मानित
मङ्गलबार, २३ चैत २०७२, ११ : ३५
दोहा -कतारको आन्तरिक मामिला मन्त्रालय, मानवअधिकार विभागले गैरआवासीय नेपाली सङ्घ कतारलाई सम्मान गरेको छ ।
पुलिस कलेजका डाइरेक्टर जनरल ब्रिगेडर महम्मद अब्दुल्ला अलमुहन्नाले कतारको कानुनले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मान्यतालाई समेटेको र पुलिस कलेज पनि मानवीय सेवाको एउटा अङ्ग रहेको विचार व्यक्त गरे । उनले मानवअधिकार र प्रहरीबीचको सम्बन्ध परिपूरक रहेको तथा मानवअधिकारको उल्लङ्घन गरेर प्रहरीले कुनै काम गर्न नसक्ने समेत बताए ।
एनआरएनएएनसिसीका अध्यक्ष विनेश तामाङले नेपाली समुदायका तर्फबाट एनआरएनए सम्मानित हुनु सम्पूर्ण नेपालीको लागि खुसीको कुरा हो भन्दै आगामी दिनमा कतार र नेपालबीचको सम्बन्ध अझ बढी मजबुत बनाउन हौसला मिलेको बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण