रियलको जीतमा रोनाल्डोको नयाँ किर्तिमान
म्याड्रिड — पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनको मद्दतले रियल म्याड्रिड इबारलाई पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लेको छ । खेलका रोनाल्डोले एक गोल गर्नका साथै दुई गोलको अवसर सृजना गरे । गोलसँगै रोनाल्डोले ला लिगामा लगातार ६ सिजन ३० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । मंगलबार हुने वुल्फस्बर्गविरुद्धको खेलको तयारी स्वरुप रियलले मुख्य खेलाडीलाई आराम दिएको थियो । घाइते करिम बेन्जेमा र आराम दिइएका गेराथ बेल बिना नै रियल मैदानमा उत्रेको थियो । खेलको शुरुवातमा नै हामेज रोड्रिगेजले गोल गर्दै रियललाई अग्रता दिलाए भने लुकास भाजक्वेजले रियलको अग्रता दोब्बर बनाए । त्यसपछि रोनाल्डो र जेसेले गोल गर्दै पहिलो हाफमा रियललाई ४—० को अग्रता दिलाए । पछिल्ला ८ खेल जित्न नसकेको इबार रियलको काउन्टर अट्याकसँग नतमस्तक देखिएको थियो । दोस्रो हाफमा भने सुध्रिएको प्रदर्शन गरे पनि इबारले कुनै गोल फर्काउन सकेन र खेल रियलले आफ्नो पक्षमा पार्न सफल रह्यो । दोस्रो स्थानमा उक्लेपनि एथ्लेटिको म्याड्रिडले इस्पानियोललाई पराजित गरे रियल पुनः तेस्रो स्थानमा खस्कनेछ । च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको रियलका लागि मंगलबारको खेल महत्वपूर्ण रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
-
सुदूरपश्चिम कांग्रेसभित्रको विवाद सुल्झाउन केन्द्रीय नेता धनगढीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण