बाँके जिल्लाको तीन गाविसमा भीषण आगलागी
नेपालगन्ज - बाँके जिल्लाको कालाफाँटा, होलिया र कुसुम गाविसमा आज दिउँसो भीषण आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, आगलागीबाट कालाफाँटामा ५०, होलियामा २० र कुसुममा तीन घर जलेर नष्ट भएका छन् । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीबाट आगो नियन्त्रणमा लिने प्रयास जारी राखे पनि यो समाचार तयार पार्दासम्म आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको छैन । नेपालगन्जबाट अहिलेसम्म पनि वारुणयन्त्र नपुगेका कारण थप घर जलेर नष्ट हुने सम्भावनासमेत बढ्दै गएको जनाइएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी गराए । राप्तीपारिको काँलाफाटा र होलिया गाविसमा नेपालगन्जबाट वारुणयन्त्र जान अत्यन्त जीर्ण कच्ची बाटोका कारण कठिनाइ हुने कुरालाई दृष्टिगत सीमावर्ती भारतीय प्रशासन पदाधिकारीसँग अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण