कला देखाए मिस नेपाल कल्चरका प्रतियोगीले
काठमाडौं – ‘दोस्रो मिस नेपाल कल्चर–२०१६’मा २८ जना प्रतियोगीले ‘ट्यालेन्ट राउण्ड’ अन्तरर्गत आ–आफ्ना विविध कला प्रस्तुत गरेका छन् ।
सांस्कृतिक सस्थान (नाचघर)को सानो हलमा शुक्रबार भएको सो ‘ट्यालेन्ट राउण्ड’मा प्रतियोगीहरुले नृत्य, गायन, चित्रकला, वक्तृत्वकला, कविता वाचन जस्ता विविध कला प्रस्तुत गरे । बहुसंख्यक प्रतियोगीले नृत्य प्रस्तुत गरेका थिए ।
सोनाली हमाल, केनु प्रसाई, रोजमेरी रिसाल, सुप्रिया श्रेष्ठ, रोशनी आचार्य, समीक्षा भण्डारी, विसाखा अग्रवाल, सृजना कार्की, रुबी बज्राचार्य, सुदीक्षा लामा, लक्ष्मी राई, सागरिका भण्डारी, सोना शेर्पा, सजना तिमिल्सिना, सुजाना थापा, रिया पोखरेल, परिसी कारजित, सुप्रभा कुँवर र उरुसा जोशीले विभिन्न लोक, शास्त्रीय एवं आधुनिक नेपाली नृत्य प्रस्तुत गरेका हुन् ।
यस्तै प्रिति घिमिरे, नविना देसार र सृजना गुरुङले गीत गाएका थिए । प्रतियोगीद्धय बाला नेपाली र सदिक्षा घिमिरेले चित्रकला प्रस्तुत गरे भने अमिता कार्कीले नेपाली चलचित्रको अवस्थाबारे आफ्नो धारणा राखिन् । यस्तै सविना बुढाथोकी, श्वेता मिश्रा र मोनिका महलाले कविता बाचन गरेका थिए ।
‘ट्यालेन्ट राउण्ड’को निर्णायकमा अग्रज कलाकार तथा सांस्कृतिक संस्थानका नाटक निर्देशक प्रभाकर देव शर्मा, निर्देशक एवं सांस्कृतिक संस्थानका अग्रज नृत्य निर्देशक विजय मानन्धर, अभिनेता गजित बिष्ट, चलचित्र द्धन्द्ध निर्देशक चन्द्र पन्त र फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा थिए ।
युहान इन्टरनेशलन इभेन्टस्को आयोजना, सांस्कृतिक संस्थान (नाचघर)को सह आयोजना र विलक्षण क्रियसनको व्यवस्थापनमा मिस नेपाल कल्चरको चयन २० वैशाख साँझ नाचघरमा अन्तिम प्रतिस्पर्धा बीच हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको विकासमा संरचनागत समस्या, अनुगमनलाई परिणाममुखी बनाउन रास्वपा सांसदहरूको जोड
-
त्रिशूलीमा हाम फालेर एक जना युवक बेपत्ता
-
निहारिकालाई सोधपुछको लागि सिंहदरबार वृत्तमा लगियो
-
बागमतीमा सत्ता गठबन्धन भत्किए नेकपाले सरकारको दाबी गर्ने, मुख्यमन्त्रीमा शालिकराम र गंगाको चर्चा
-
भ्रष्टाचार मुद्दामा सुनील पौडेललाई ८ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना
-
के तेस्रो स्थानका लागि हुने खेलको गोल गोल्डेन बुटको दौडमा गणना हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण