बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

आगलागीमा एकको मृत्यु, ५० घरगोठ नष्ट

शनिबार, १८ वैशाख २०७३, १९ : ५६
शनिबार, १८ वैशाख २०७३

गुल्मी– गुल्मीको बडागाउँ गाविसमा आगलागी हुँदा ५० एकजनाको मृत्यु भएको छ भने घरगोठ जलेर नष्ट भएका छन् ।

आगो निभाउने क्रममा ६६ वर्षीय मेहरसिंह राकसकोटीको मृत्यु भएको छ भने वडा नं २ निवासी केशरबहादुर नेपाली घाइते भएका छन् ।

बडगाउँ गाविस वडा नं १ का ३८ घरधुरी र वडा नं २ मा १२ घरधुरी गरी ५० घर जलेर नष्ट भएका हुन् ।

हावाहुरीका कारण जङ्गलबाट आगो गाउँमा फैलिएको स्थानीयवासीको भनाइ छ ।

पानीको अभावका कारण आगो नियन्त्रणमा लिन नसकिएको र आगोलाई नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा खटिरहेको वामी प्रहरी चौकी, गुल्मीका प्रहरी सहायक निरीक्षण गणेश श्रीषले जानकारी दिए ।

अहिले आगो लगभग नियन्त्रणमा आइसकेको र जिल्ला प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य सङ्घले अग्निपीडितलाई त्रिपाल, बाल्टी, खानेपानी, ब्लाङ्केट वितरण गरिरहेको छ । आगलागीको पूर्ण विवरण आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप