बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२८ यार्सागुम्बा तस्कर पक्राउ

शनिबार, २५ वैशाख २०७३, ०७ : २५
शनिबार, २५ वैशाख २०७३

डोल्पा–उत्तरी डोल्पाको क्षेत्रमा पर्ने कुनासा नामको यार्सागुम्बा पाटनबाट अवैध यार्सागुम्बा संकलन गर्दै गरेको अवस्थामा २८ जना यार्सागुम्बा तस्कर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सबैजना डोल्पाकै रहेको जानकारी आएको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका खरिदार देवेन्द्र जिसीले बताए ।

उनीहरुलाई सेनाले नियन्त्रणमा लिएर सुम्धो पोष्टमा राखिएकाले निकुञ्ज कार्यलयमा ल्याउनको लागि आज विहानै सेनाको टोली सुम्धोतर्फ गईसकेको समेत जिसीले बताए ।

उनीहरुसँग ५०÷६० पिस यार्सागुम्बा पनि रहेको सेनाले खबर गरेको उनले बताए ।

उनीहरु औपचारीक रुपमा यार्सागुम्बा संकलन नहँुदै तस्करीको लागि यार्सागुम्बा पाटन गएको बेला नेपाली सेनाको सुम्धो पोष्टबाट गस्ती गएको टोलीले पक्राउ गरेको निकुञ्जले जनाएको छ ।

यार्सागुम्बा सिजन सुरक्षाको लागि जिल्लाको तोईजुम, सुम्धो, सुलिगाडलगाएतको ठाँउमा सेनाको पोष्ट स्थापना गरिएको छ ।

औपचारिक रुपमा संकलन कार्य हुनु अगावै हुन तस्करी नियन्त्रणका लागि सेनाले कडाई गरेको छ ।

यसबर्ष यार्सापाटनमा हिँउ नभएकाले पनि अगाडि नै यार्सागुम्बा पाईने भएकाले पनि तस्करहरु औपचारिक रुपमा संकलन हुनु अगावै छिर्ने गरेको संरक्षण अधिकृत रामदेव चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप