बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजदूत फिर्ता बोलाउने निर्णयप्रति कांग्रेसको आपत्ति

शनिबार, २५ वैशाख २०७३, १९ : १०
शनिबार, २५ वैशाख २०७३
काठमाडौँ– व्यवस्थापिका–संसद्को आजको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले भारतका लागि नेपाली राजदूतलाई सरकारले फिर्ता बोलाएकामा आपत्ति जनाएका छन् । सभामुखसँग समय लिएर सो दलका डा प्रकाशशरण महतले भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णय गलत भएके बताए । सरकार परिवर्तनमा लागेको, राष्ट्रपतिको भारत भ्रमण रोक्न लागेको जस्ता आरोप लगाएर राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको भन्दै उनले सरकारसँग सदनमा आएर सो विषयमा जवाफ दिनुपर्ने माग गरे । उनले सरकार परिवर्तन गर्ने विषय सार्वभौम संसद्को विषय भएकाले त्यसलाई अन्तर्राष्ट्रियकरण गर्दै राजदूतसँग जोडेर गरिएको प्रचार पूर्णत गलत भएको बताए । सांसद डा महतले गैर जिम्मेवार, अपरिपक्व, प्रतिशोधपूर्ण निर्णय गर्दै सामान्य विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुले दुई मुलुकबीचको सम्बन्धमा प्रभाव पार्ने भएकाले त्यसतर्फ ध्यानाकर्षण गराए । उनले एनसेलको विषयलाई लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा अफवाह भइरहेको भन्दै सो विषयमा सरकारको धारणा माग गरे । राज्यको दायित्व पूरा नगरी कर नतिर्ने प्रवृत्तिलाई उत्साहित गरिएको भन्दै सांसद डा महतले सरकारले सदनमा सो विषयमा प्रस्ट जवाफ दिनुपर्ने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप