न्यूनचापीय क्षेत्रको विकासले मौसममा खराबी
शनिबार, २५ वैशाख २०७३, १३ : ०६
काठमाडौँ– पूर्वबाट स्थानीय वायुको प्रभावमा न्यूनचापीय क्षेत्रको विकासले मौसममा खराबी आएको छ ।
उक्त वायुको प्रभावले पश्चिमी तराई भेग बाहेक देशका अधिकांश भेगमा बदली हुनाका साथै मध्य र पूर्वका कतिपय स्थानमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य र पूर्वी भेगमा पूर्ण बदली भए पनि बढी असर पूर्वी भेगमा देखिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।
“मौसम बद्लीसँगै पूर्वका अधिकांश स्थानमा वर्षात् भएको छ, यो प्रणाली केही दिन जारी रहे पनि बीचमा ठूलो वर्षा हुने सम्भावना देखिन्न”–उनले भने । मौसमविद् अर्यालका अनुसार काठमाडौँ उपत्यकामा आज साँझपख हल्का र पश्चिमी भेगमा पनि वर्षात्को सम्भावना छ ।
महाशाखाको पछिल्लो विवरण अनुसार सबैभन्दा बढी धनकुटामा २८, सिमरामा १०, पोखरामा ९ तथा सबैभन्दा कम काठमाडौँ र ताप्लेजुङमा १–१ मिमी वर्षा भएको छ ।
आज सबैभन्दा बढी अधिकतम तापक्रम भैरहवाको ३६।९ र नेपालगन्जको ३६।६ रहेको तथा सबैभन्दा कम जुम्लाको २१ डिग्री सेल्सियस छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ र अधिकतम तापक्रम २८।५ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण