बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रहरीलाई कारबाहीको माग गर्दै राप्तीमा यातायात ठप्प

शनिबार, २५ वैशाख २०७३, १४ : ५८
शनिबार, २५ वैशाख २०७३

दाङ–राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिले प्रहरीलाई कार्बाहीको माग गर्दै राप्तीमा अनिश्चितकालीन यातायात ठप्प पारेको छ । एक्कासी शनिबार विहानदेखि यातायात ठप्प भएपछि यहाँको जनजीवन कष्टकर बनेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव तथा राप्ती समितिका अध्यक्ष सुरेश हमाल र अंचल समितिका संयोजक भरनाथ योगीलाई सूनियोजित ढंगले आक्रमण गर्ने प्रहरीलाई कार्बाही हुनु पर्ने माग राखि विहानैदेखि यातयात ठप्प भएको हो । यतायात ठप्प हुदा दाङ सहित सल्यान, रोल्पा, रुकुम र प्युठानको जनजिवन कष्टकर बनेको छ । यातायात वन्दले राप्तीमा भित्रीने र बाहिरीने कुनै पनि गाडिहरु संचालनमा आउन सकेका छैन् । जसकाकारण हजारौ यात्रुहरु चर्को घामा विचबाटोमै अलपत्र परेका छन् भने कोही पैदल हिड्न बाध्य भएका छन् ।

यातायात वन्दले विशेष गरि गन्तव्यमा हिडेका वृद्ध र बालबालीका संग भएका आमाहरु बढी मारमा परेका छन् । प्रहरीले ज्याजती गरेको भन्दै वन्दलाई सफल पार्न ट्रक, ट्याक्टर, ट्याक्सी, मिनीमाइक्रो, अम्वेकीश्वरी लगायत १४ वटा यातायत व्यवसायि समितिले सर्मथन जनाए पछि अबस्था जटील बनेको छ । यसैविच राप्ती समितिले आज पत्रकार सम्मेलको आयोजना गरि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक कृष्ण प्रसाईको ठाडो निर्देशनमा प्राली र समिति विचको विवाद मिलाउन गएका राप्ती बस समितिका अध्यक्ष सुरेश हमाल र उपाध्यक्ष भरतनाथ योगीलाई छानी छानी प्रहरीले निर्घात कुटेको भन्दै निर्देशन दिने कुट्ने दुवैलाई कार्बाही नभए सम्म अत्यावश्यक सवारी साधन बाहेक राप्ती समितिमा आवद्ध सबै प्रकारका सवारी साधनमा अनिश्चित कालका लागि रोक लगाएको जनाएको छ । यस्तै तुलसीपुर उद्योगबाणीज्य संघले पनि घटनाको विरोध गर्दै समितिको आन्दोलन प्रति एक्यवद्धता जनाएको छ । प्रहरीलाई हिजो जसले सहयोग ग¥यो त्यसैलाई आज कुटेका कारण आन्दोलनमा सर्मथन जनाएको संघका अध्यक्ष बिमल रिजालले जानकारी दिए । राप्ती समितिले प्रहरीको कुटाइबाट समितिका सदस्य भिमसेन लहरे र विरेन्द्र खत्री पनि घाइते भएको जनाएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय दाङले यातायात खुलाउने विषयमा प्रयास भइरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप