बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कारागारभित्र खानेपानी अभाव

शनिबार, २५ वैशाख २०७३, १७ : २०
शनिबार, २५ वैशाख २०७३

उदयपर – क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी रहेको उदयपुर जिल्ला कारागारभित्र खानेपानीको अभाव भएको छ ।

दिनहुँ २० हजार लिटर पानी आवश्यक रहेको कारागारमा जम्मा ५ हजार लिटर मात्रै खानेपानी आपूर्ति हुँदै आएको छ ।

त्रियुाग शहरी खानेपानी आयोजनाबाट कम पानी आउने र भण्डारण गर्ने ट्याङ्कीको क्षमता समेत सिमित भएकाले पानीको समस्या उत्पन्न भएको कारागार प्रशासनले जनाएको छ ।

कम पानी उपलब्ध भएपछि कारागारभित्र अहिले कैदीबन्दीहरु आ–आफ्नो लागि पानी संकलन गर्न भाडा लिएर अबेरसम्म लाईन लाग्ने गरेका छन ।

५० जना कैदीबन्दीको लागि खानेपानीको व्यवस्था भएपनि ६० जना सुरक्षाकर्मीसहित १४० जना बन्दी भएपछि बिहानपख शौचालय जान पालो कुर्नुपर्ने अवस्था रहेको जेलर सीताराम कार्कीले जानकारी दिए ।

ग्रामीण क्षेत्रमा एक जना व्यक्तिलाई दैनिक ६० लिटर र शहरी क्षेत्रमा १०० लिटर पानी आवश्यक हुने भएपनि उनीहरु अहिले २० लिटर पानीले जिवन धान्न वाध्य छन । पानी अभाव हुँदा त्रियुगा नगरपालिकाको वारुण यन्त्रबाट समेत पानी बोकेर पानी प्रयोग गर्ने गरिएको कारगारका जेलर कार्कीले बताए ।

क्षमता भन्दा बढी कैदी बन्दी भएकाले कारागारको भान्सा कोठा कार्यालय संचालन गर्ने कोठामा समेत महिला कैदी बन्दीलाई राखिएको छ । २०४२ सालमा पुरुष कैदी बन्दीका लागि मात्र राख्न निर्माण गरिएको भवनमा महिला तथा बालबालिकालाइ समेत राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप