बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाउँमा मान्दैनन् सवारी नियम

शनिबार, २५ वैशाख २०७३, १८ : १०
शनिबार, २५ वैशाख २०७३

झापा– सडकमा सवारी चाप बढेसँगै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीलाई टाउको दुखाई हुने गरेको छ । सवारी नियम उल्लंघन गर्ने चालकलाई कारवाही प्रव्रिmया अघि बढाउँदा दुर्घटनामा केही हदसम्म कमी आएको छ । यद्यपि कारवाही अभियानले मात्र सवारी दुर्घटना रोक्न नसकिने ट्राफिक प्रहरीको निष्कर्ष छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दुर्घटना रोक्नका लागि भनेर नयाँ उपाय अघि सारेको छ । त्यो हो ‘जहाँ आवश्यक त्यहाँ ट्राफिक’ ।

ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख रोशन आचार्यले दुर्घटना रोक्न चेकजाँच सँगै आवश्यक परेको ठाउँमा ट्राफिक प्रहरी खटाइएको जानकारी दिए । त्यसका लागि मातहतका ट्राफिक विटमा खटिएका प्रहरीलाई निर्देशन दिएको उनले बताए ।

‘कार्यक्षेत्रमा रहेका ट्राफिक सक्रिय भएर लागेका छन्’, आचार्यले भने– ‘कारवाही चलाएर मात्र दुर्घटनामा कमी नआउने भएकाले जनचेतनामूलक अभियान पनि थालेका छौँ ।’

त्यसो त ट्राफिकले यस अघि सवारी नियम उल्लंघन गर्ने सवारी चालकलाई कारवाही गरेर उल्लेख्य राजस्व उठाउँदै आएको थियो । तर, दुर्घटनामा भने कमी आउन सकेको थिएन ।

ट्राफिकले चालेको कडा नियमलाई विस्थापित गर्दै नयाँ तरिकाले काम अघि बढाएको छ । ट्राफिकले मापासे चेकजाँच, आचरण व्यवहार, प्रशिक्षण, चालक प्रशिक्षण, गुनासो सुझाव सङ्कलन, स्वयम्सेवक उत्पादन लगायतका कार्यव्रmम सञ्चालन गरिरहेको छ ।

भ्mापामा केही महिनायता सवारी दुर्घटनामा कमी आए पनि नियम उल्लंघनका घटना भने बढेर गएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा सञ्चालित ट्रक तथा ट्याक्टरले सवारी नियम पालना गरेका छैनन् ।

सहरी क्षेत्रमा मात्र ट्राफिक प्रहरीको सव्रिmयता हुने हुँदा गाउँका भित्रि सडकमा सवारी नियम ठाडै उल्लंघन भएको हो । भित्री सडकमा कुद्ने सवारी लाइट, नम्बर प्लेट विना नै सञ्चालित छन् । नियम नमान्ने त्यस्ता सवारीलाई कारवाहीको दायरामा ल्याइने प्रमुख आचार्यले बताए ।

जिल्ला ट्राफिक कार्यालयलाई विर्तामोड क्षेत्र व्यवस्थित गर्न सधै चुनौती हुने गरेको छ । विर्तामोडको ट्राफिक व्यवस्थापन अझै हुन सकेको छैन । सवारी पार्किङको अभाव हुँदा ट्राफिक प्रहरीलाई व्यवस्थापन गर्न समस्या भएको हो । पछिल्लो समय विर्तामोडमा थुप्रिएको सिटी सफारी व्यवस्थापन गर्न गाह्रो भएको ट्राफिक प्रहरीले जनाएको छ । सिटी सफारी अन्यत्र दर्ता गराई विर्तामोडमा ल्याएर सञ्चालन गर्दा व्यवस्थापन गर्न समस्या भएको आचार्य बताउँछन् । ‘सिटी सफारीको संख्या बढेको बढै छ’, उनले भने– ‘सिफारिस अन्यत्रबाट लिने अनि विर्तामोडमा आचार्य बताउँछन् ।

विर्तामोडको हकमा सिटी सफारीलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरीले नियम बनाएको छ । प्रत्येक बस विसौनीको छेउमा १० वटा भन्दा बढी सिटी सफारी राख्न नपाइने नियम छ । त्यस्तै कालोपत्रे छाडेर मात्र सफारी पार्किङ गर्नुपर्ने हुन्छ । तर, धेरै जसो सिटी सफारीले ती नियम पालन गरेका छैनन् । आफू खुशी तरिकाले सफारी विर्तामोडलगायतका बजारमा सञ्चालन भइरहेका छन् ।

सरकारले सिटी सफारी चालकको पनि लाइसेन्स अनिवार्य गर्न लागेको छ । यसले केही हदसम्म सिटी रिक्सा व्यवस्थापन हुने जानकारीहरु बताउँछन् ।

सिटी सफारी रुट पर्मिट अनुसार सञ्चालन गर्नुपर्ने उनको भनाई छ । सफारीलाई व्यवस्थापन गर्न नसके यसबाट दुर्घटना निम्तने खतरा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप