बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘गडएन्जल’ को कर्तुतबारे लेख्ने पत्रकार पुनः प्रहरी नियन्त्रणमा

आइतबार, २६ वैशाख २०७३, १९ : ५७
आइतबार, २६ वैशाख २०७३

काठमाडौं - साइबर क्राइमको अभियोग लागेका पत्रकार मनोजकुमार राई (भद्रगोल किराती)लाई प्रहरीले पुनः हिरासतमा लिएको छ ।

दुई दिनअघिमात्रै पत्रकार राईलाई सोही मुद्दामा दुई घन्टा हिरासतमा लिई आवश्यक सोधपुछपछि छाडिएको थियो । आइतबार पुनः अनावश्यक दुःख दिने नियतले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको पीडित पक्षले जनाएको छ ।

‘गाउँले’ मासिकका सम्पादक÷प्रकाशक राईले ‘भक्तकुमार राई ऊर्फ सतगुरु ओमनन्द ‘गडएन्जल’ भगवान होइनन् तर उनले भगवान हुँ’ भन्दै सर्वसाधारणलाई भ्रमित पारेको बारे पुस्तक प्रकाशन गरेका थिए । सोही कारण ओमनन्दका अनुयायी ईलाम जिल्ला निवासी हेंखामा हाङखिमको नाममा परेको उजुरीका आधारमा प्रहरीले हिरासतमा लिएको जनाइएको छ ।

सम्पादक राईले केही महिनाअघि ‘ठग गडएन्जल’ नामक पुस्तिकासमेत प्रकाशित गरेका थिए । र, गडएन्जलबारे खोज–अनुसन्धानमूलक रिपोर्ट पत्रिकामा प्रकाशित गरेका थिए ।

शनिबार (हिजो)मात्रै उनले सोही विषयमा थप खोज गरी ‘गड होइन ठग एन्जल’ नामक अर्को पुस्तक विमोचन गरेका थिए ।

दुई दिनअघि शुक्रबार दोस्रो पुस्तक विमोचन गर्न रोक्ने उद्देश्यले प्रहरी लगाएर पक्राइएको भएपछि गृहमन्त्रालयको ठाडो आदेशमा प्रहरीले आईतबार उपस्थित हुने गरी छाडेको थियो । तर, आईतबार प्रहरीकहाँ उपस्थित हुन जाँदा उनलाई पुनः नियन्त्रणमा लिइएको पीडित पक्षले जनाए ।

पीडितका अनुसार आइतबार उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट धम्कीपूर्ण फोन गरेर बोलाइएको र पुनः हिरासतमा राखिएको जानकारी सम्पादक राईले दिए ।

‘कथित भगवान हुँ’ भन्दै आमसर्वसाधारण भ्रमित पारिरहेका गडएन्जलका पोल एकपछि अर्को गर्दै सार्वजनिक हुन थालेपछि उनलाई प्रहरी प्रशासन लगाईं नियन्त्रण गरिएको छ । यद्यपि, सम्पादक राईले अभिव्यक्ति स्वतन्त्रता र जनताको सुसूचित हुन पाउने अधिकारबारे कानुनी लडाइ लड्ने हिरासतबाटै बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप