शान्ति समिति इलाममा ४२ उजुरी दर्ता
इलाम– सशस्त्र द्वन्द्वका समयमा घटेका घटनाको छानबिनको माग गर्दै स्थानीय शान्ति समिति इलाममा ४२ वटा उजुरी दर्ता भएका छन् ।
जसमा १४ वटा हत्यासम्बन्धी, १० वटा विस्थापित, मानसिक तथा शारीरिक यातनाका पाँच, कारागार तथा हिरासत पीडित पाँच, अङ्गभङ्ग तथा यातनाका आठ, बेपत्ताका पाँच र सम्पत्ति कब्जा तथा लुटपाटमा तीनवटा उजुरी दर्ता भएको शान्ति समितिका सचिव डिकेन्द्र इदिङ्गोले जानकारी दिए । उजुरी आउने क्रम अझै जारी रहेको समितिले जनाएको छ ।
विसं २०५२ फागुन १ गतेदेखि २०६३ मङ्सिर ५ गतेसम्म भएका मानवअधिकार उल्लङ्घनका घटनाको उजुरी लिने कार्य हाल धमाधम भइरहेको समेत शान्ति समितिको कार्यालयले जनाएको छ ।
समितिले तत्कालीन विद्रोही पक्ष र राज्य पक्षबाट भएका मानवअधिकार उल्लङ्घनका घटनाका उजुरी दर्ता गरी हरेक साता हुलाकमार्फत आयोगको केन्द्रीय कार्यालयमा पठाउने गरिरहेको सचिव इदिङ्गोले बताए ।
आयोगले सशस्त्र द्वन्द्वको समयमा भएका हत्या, अपहरण शरीर बन्धक, अङ्गभङ्ग वा अपाङ्ग बनाउने, शारीरिक वा मानसिक यातना, बलात्कार तथा यौनजन्य हिंसा, व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति लुटपाट, कब्जा, तोडफोड, आगजनी, घरजग्गाबाट जबर्जस्ती निकाला, अन्तर्राष्ट्रिय मानवअधिकार वा मानवीय कानुनविपरीत गरिएका जुनसुकै अमानवीय कार्य वा मानवताविरोधी घटनासम्बन्धी पीडितका उजुरी दर्ता गरिरहेको छ ।
विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधान २०६३ मा उल्लेख भएको नौ वर्षपछि बनेको सत्य निरूपण तथा मेलमिलाप आयोगलाई पीडितले भने उजुरी गर्दा सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दै आएका छन् ।
आयोगले स्थानीय शान्ति समितिको कार्यालय अथवा सोझै आयोगको कार्यालयमा पीडितले चाहेअनुसार खामबन्दी, इमेल अथवा खुल्लैसमेत पनि उजुरी दिन आग्रह गरेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण