बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सत्ता पक्षले लोकतन्त्रको मुल्य मान्यतालाई धरापमा पारेः भण्डारी

मङ्गलबार, २८ वैशाख २०७३, १३ : ३९
मङ्गलबार, २८ वैशाख २०७३

राजविराज– सत्ता पक्षले लोकतन्त्रको मुल्य मान्यतालाई धरापमा पार्दै अगाडी बढेको राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले आरोप लगाएका छन् । राष्ट्रिय मधेश समाजवादी पार्टी सप्तरीले मङगलवार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले सत्ता पक्षको गतिविधिले हाल आर्थिक, राजनितिक तथा समाजिक विखण्डनतर्फ देश गईरहेको बताउदै यस्तो आरोप लगाएका हुन् । ‘सत्ता पक्षले वर्षोदेखि हिमाली, पहाडी तथा मधेशीको नाममा एक अर्काको विरोधी देखाउदै आएको छ ’, उनले भने–‘यस्तो कार्यले लोकतन्त्रको उपहास भएको छ ।’ सत्ता पक्ष जनता–जनतावीच एकअर्कोको विरोधी देखाएकै कारण आज आर्थिक, राजनितिक र समाजिक विखण्डनतर्फ देश मोडिएको वताउदै उनले जसको कारण स्वयम सरकार नै रहेको स्पष्ट पारे ।

रोगले ग्रसित रहेको ओली सरकारलाई मुक्तिको आवश्कता रहेको वताउदै उनले जनताको पिडालाई निदान गर्न नसकेका तथा लोकतन्त्रलाई उपहास गरेको यो सरकार असफल रहेको बताए । आन्दोलनको प्रसङ्गमा वोल्दै अध्यक्ष भण्डारीले विगतको सात महिनासम्म मधेशमुखी कठोर आन्दोलन गर्दा पनि सत्ता पक्ष जनताको अधिकारप्रति गम्भिर नदेखिएको भन्दै सत्ता पक्ष ज्यादै नै स्वार्थीमा डुवेको बताए । सात महिनाको मधेशमुखी आन्दोलनले सत्ता पक्ष गम्भिर नदेखिएकाले आफुहरुले जेष्ठ २ गते सिंहदरवार घेराउ गर्न लागेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप