बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमतीमा मृत भेटिए सद्भावना पार्टीका नेता

मङ्गलबार, २८ वैशाख २०७३, १३ : ४९
मङ्गलबार, २८ वैशाख २०७३

रौतहट– समनपुर गाविस–१ बस्ने ४५ वर्षीय अनिलकुमार झा वाग्मती नदीमा मृतावस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार वाग्मती नदीमा डुबेको अवस्थामा आज बिहान उनको शव फेला परेको हो । पारिवारिक स्र्रोतका अनुसार सर्लाही जिल्लाको बरहथवामा रहेको खेती हेर्न गएका उनी राति नफर्केपछि खोजबिन गरिएको थियो ।

झा रौतहट क्षेत्र नं ४ का सद्भावना पार्टीका क्षेत्रीय अध्यक्ष हुन् । नदीमा साइकलले थिचिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । शव जिल्ला अस्पताल गौरमा परीक्षणका लागि राखिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप