बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घर बनाउन पर्खेनन् खुम्बुवासीले

मङ्गलबार, २८ वैशाख २०७३, १४ : ०५
मङ्गलबार, २८ वैशाख २०७३
सोलुखुम्बु- विश्वमै परिचित पर्यटकीय क्षेत्र सोलुखुम्बुको खुम्बु क्षेत्र (नाम्चे, खुम्जुङ र चौरीखर्क गाविस) का भूकम्पपीडितले सरकारलाई पर्खँदा ढिलो हुने जनाउँदै आफैँ घर बनाएका छन् । सगरमाथा आरोहण तथा हिमाली दृष्यावलोकनका लागि विदेशी पर्यटक आउने वैशाख÷जेठ महिनालाई ख्याल गर्दै त्यहाँका भूकम्पपीडितले घर निर्माण गरेका हुन् । नाम्चेका पर्यटन व्यवसायी वाङ्डा शेर्पाको घर पनि भूकम्पका कारण पूर्ण क्षति भएको थियो । “सरकारले घर बनाउन सहयोग गर्छ भन्ने सुनेको भए पनि पर्यटकीय सिजनमा घर तयार नभएमा ठूलो घाटा बेहोर्नुपर्ने भएकाले मैले आफैँले घर बनाएँ । ” करिब रु २० लाखको लागतमा घर बनाएको बताउने शेर्पा सरकारलाई पर्खेको भए यस याममा पर्यटकले खुम्बुमा बास पाउन सक्ने अवस्था नभएको बताउनुहुन्छ । उहाँका अनुसार केहीले पुरानै घरलाई मर्मत गरेका छन् भने घर भत्किएका धेरैजसोले घर बनाइसकेका छन् । सरकारले घर बनाउन रु दुई लाख दिन्छ भन्ने सुनेको भए पनि त्यसको आशा नभएको जोर सल्लेका व्यवसायी ग्याल्जेन शेर्पा बताउनुहुन्छ । “सरकारको काम कहिले पूरा हुने हो थाहा छैन, आफूहरुको सिजन सुरु भइसक्यो, पर्खेर नहुने, अब दिए राम्रै हुन्छ, नदिए पनि आफ्नो घर बनाइहाल्यौंँ ।” भूकम्पका कारण खुम्बुका अधिकांश घर भत्किएका थिए । यसबाट खुम्बुमा पर्यटकको सङ्ख्या घट्ने व्यवसायीकै अनुमान थियो तर अनुमान अनुसार पर्यटक घटेका छैनन् । सबैले घर मर्मत तथा निर्माण गरी आवश्यक व्यवस्था गरेका कारण खुम्बुमा बासको समस्या नभएको व्यवासायी ल्हाक्पा शेर्पाले बताउनुभयो । रासस  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप