बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुर्लभ बन्यजन्तु सालकको खपटासहित २ जना पक्राउ

मङ्गलबार, २८ वैशाख २०७३, १४ : ४६
मङ्गलबार, २८ वैशाख २०७३

काठमाडौं– प्रहरीले दुर्लभ बन्यजन्तु सालकको खपटासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामछाप घर भई बौद्ध बस्ने तिर्थ श्रेष्ठ र अशोक श्रेष्ठ रहेका छन् ।

बौद्ध, स्थित सडकमा सालकको खपटा बेचबिखन गर्न केही मानिसहरु सालकको खपटा बोकी हिँडिरहेको भन्ने गोप्य सुचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिइएको टोलीले उनीहरुलाई २ किलो सालकको खपटा सहित सोमबार पक्राउ गरेर आज सार्वजनिक गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागी जिल्ला बन कार्यालय काठमाडौं पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप