२० वर्षीया युवतीको बयान : आफ्नै सपनाले बेचिएँ
संखुवासभामा जन्मेकी पूजा शेर्पा अहिले २० वर्षकी भइन् । कक्षा नौमा पढ्दापढ्दै साथीभाइको लहैलहैमा घरबाट भागेर धरान पुगेकी उनी एक रेष्टुरेन्टमा देहव्यापारमा लागिन् । करिब दुई वर्ष यसरी नै भौँतारिएकी उनी हिजोआज केआई नेपाल नामक गैरसरकारी संस्थाको संरक्षणमा ललितपुरको हात्तीवनमा रहेको पुनःस्थापना केन्द्रमा बसेर सीपमूलक तालिम लिइरहेकी छन् । कुलतमा लागेकालाई उद्धार गर्ने अठोटसहित लागिपरेकी उनीसँग रातोपाटीकर्मी आस्था केसीले गरेको कुराकानी :
मेरो नाम पूजा शेर्पा (नाम परिवर्तन) हो । मेरो घर संखुवासभामा पर्छ । म २० वर्षकी भएँ । म निम्नवर्गीय परिवारकी हुँ । मेरो बुवा, आमा, दुई दिदी, एक भाइ र मसहित ६ जना छांै ।
गरिब परिवारमा जन्मेको हुनाले मलाई घरमा धेरै दुःख छ भन्ने लाग्थ्यो । मेरो घर पर्यटकीय क्षेत्रमा पथ्र्याे । गाउँतिर पर्यटक आइरहन्थे । बुवाआमाले पर्यटकको भारी बोक्ने काम गर्नुहुन्थ्यो । तैपनि हामीलाई बिहान, बेलुकाको छाक टार्न गाह्रो थियो ।
घरबाट भागेर धरान
बुवाआमाले हामीलाई जसोतसो गरी हुर्काउनुभयो । कहिले सरकारी छात्रवृत्तिमा त कहिले त्यहीं घुम्न आउने विदेशीको सहयोगमा स्कुल गएर मैले कक्षा नौसम्म पढ्न भ्याएँ । नौ कक्षामै पढ्दै गर्दा साथीहरूले मलाई पैसा कमाउन सहर जाउँ भनी प्रस्ताव गरे । मलाई पनि पैसा कमाउने इच्छा लाग्यो । केही काम गरेर पैसा कमाएँ भने बुवाआमाले विदेशीको भारी बोकेर हिँड्न त पर्दैन भन्ने लाग्थ्यो । पैसा कमाएर आमाबुवालाई सुखसँग राख्ने र भाइलाई पढाउने सपना बोकेर धरान पुगेँ । म साथीसँग घरबाट भागेँ । धरानमा साथीको दिदीले एक रेष्टुरेन्ट चलाउँथिन् । उनले हामी सबैलाई रेष्टुरेन्टमा काम लगाइदिइन् ।
आफ्नै सपनाले बेचिएँ
रेस्टुरेन्टमा काममा लगाउँदा रिसेप्सनमा बस्न र पाहुनालाई स्वागत गर्न भनिएको थियो । यसैगरी काउन्टरमा पैसाको कारोबारको जिम्मा पनि मलाई लगाइएको थियो । मैले एक हप्ताजति यस्तै काममात्र गरेँ ।
बिस्तारै म कुलतमा परिसकेकी थिएँ । तसर्थ, मदिरा तथा चुरोट पिउनुु, ग्राहकसँग यौनसम्पर्क गर्नु मेरा लागि सामान्य बन्दै गयो । अब मलाई यही काम राम्रो लाग्न थाल्यो । पछि–पछि त म आफ्नै इच्छाले यही काममा रमाउन थालँे । आफ्नै सम्पर्कमा पनि ग्राहक आउन थालिसकेका थिए । दिनदिनै नयाँ केटासँग घुम्न जानु र उनीहरूले भनेजस्तै गर्नु नै मेरो र साथीहरूको दिनचर्या बन्न थाल्यो ।
समय बित्दै गयो । मैले अरू काम पनि गर्नुपर्ने भयो । रेष्टुरेन्टमा आउने ग्राहकसँगै बस्नुपर्ने, तिनलाई आफ्नै हातले खुवाउनुपर्ने, ग्राहक खुसी बनाउन मदिरा र चुरोट पिउनुपर्नेलगायत काम गर्नुपर्ने भयो । मलाइ रिस उठ्यो । मन दुखेर आयो । म यस्तो काम गर्न आएकी होइन भनेर साहुनीसँग कराएँ । म न त्यो काम स्वीकार्न सकेँ न त त्यहाँबाट भाग्न नै । अन्ततः इच्छाविपरीत साहुनीले भनेजस्तै काम गर्न बाध्य भएँ ।
साहुनीले जति भन्दा पनि म ग्राहकका इच्छापूर्ति गर्न कहिल्यै तयार भइनँ । एक दिन साहुनीले मलाई जबरजस्ती एक मान्छेसँग कोठामा थुनिदिइन् । अनि मेरो नारकीय दिन सुरु भया । पैसा कमाउने सपनासँग मैले आफ्नै अस्मिता बेच्न विवश भएँ ।
मसँगै बसेर ग्राहक छिल्लिन्थे । जे मन लाग्यो त्यही गर्थे । मन नलागी–नलागी म पनि हाँसिदिन्थेँ । त्यतिमात्रै होइन, रेष्टुरेन्टमा आउन ग्राहकसँग यौनसम्पर्क गर्नुपर्ने, ग्राहकको सन्तुष्टिका लागि अभद्र, अश्लील तथा अपमानजनक व्यवहार सहेर बस्नुपथ्र्यो । त्यहाँ मजस्तै अरू साथी पनि काम गर्थे । साहुनीले हामी सबैलाई उनले भनेअनुसारको काम नगरे कामबाट निकालिदिने धम्की दिइरहन्थिन् ।
बिस्तारै म कुलतमा परिसकेकी थिएँ । तसर्थ, मदिरा तथा चुरोट पिउनुु, ग्राहकसँग यौनसम्पर्क गर्नु मेरा लागि सामान्य बन्दै गयो । अब मलाई यही काम राम्रो लाग्न थाल्यो । पछि–पछि त म आफ्नै इच्छाले यही काममा रमाउन थालँे । आफ्नै सम्पर्कमा पनि ग्राहक आउन थालिसकेका थिए । दिनदिनै नयाँ केटासँग घुम्न जानु र उनीहरूले भनेजस्तै गर्नु नै मेरो र साथीहरूको दिनचर्या बन्न थाल्यो ।
फेरि देहव्यापार
यो कुरा मेरो परिवारले थाहा पाएछन् । मेरो काका मलाई लिन आए । मन नलागी–नलागी म आफ्नो घर गएँ । मेरो आमाबुवाले मलाई पुनः कक्षा नौमा भर्ना गरिदिए । तर, सहरको रमझममा बस्ने बानी परिसकेकी म गाउँमा बस्न सकिनँ र फेरि घरबाट भाग्ने निष्कर्षमा पुगेँ ।
म घरबाट भागेर फेरि त्यही रेस्टुरेन्टमा पुगेँ । पहिलाकै काम गर्न थालेँ । यौनलाई व्यवसाय बनाउँदै आएकी म यही काममा रमाउँदै गएँ । मलाई मेरो भविष्यको कुनै चिन्ता थिएन । म अरू साथीलाई पनि यस काममा लाग भनेर हौसला दिन्थेँ । गाउँका अरू साथीलाई पनि म यस्तो काम गर्नु गलत होइन भनेर सिकाउँथेँ । जिन्दगी खानु, पिउनु, रमाइलो र मोजमस्ती गर्नका लागि हो भन्ने मलाई लाग्थ्यो । कहिलेकाहीँ केही पैसा घर पठाइदिन्थेँ । कहिले आमा, दिदी र भाइलाई लुगा किनेर पठाइदिन्थेँ । गाउँ फर्केर जान म तयार थिइनँ ।
मजस्ता धेरैजना कुलतमा फसेका छन् । म उनीहरूलाई कुलतबाट निकाल्न चाहन्छु । विभिन्न सीपमूलक तालिम, माया, ममता र स्नेह पाएकी छु । म एक्ली र रित्तिएकी थिएँ आज सीपले भरेकी छु । यहाँबाट गएपछि मजस्तो दिदीबहिनीलाई सिकाउने योजना बनाएकी छु ।
हाम्रोबारे प्रहरीले थाहा पाएर पक्राउ ग¥यो । एक हप्ताजति थुनामा राख्यो । पछि होटलकै साहुनीले हामीलाई छुटाइन् । अनि बाहिर आएपछि फेरि उस्तै धन्दा सुरु भयो ।
उसो त धरानमा हामीलाई अपमान गर्ने पनि प्रशस्तै थिए । हामीलाई एकान्तमा भेट्दा यौनसम्पर्कका लागि फकाइफुल्याइ गर्नेहरू बाहिर बजारमा हामीलाई अपमान गर्थे । उनै लोग्नेमान्छे राति–राति हामीलाई फोन गरेर गफिन्थे । तर, दिउँसो बजारमा हामीलाई आँखा तरेर हेर्थे । विभिन्न अपशब्द बोलेर गाली गर्ने गर्थे ।
बीचमा म एकपटक नराम्रोसँग थलिएँ । हप्तौँसम्म अस्पतालमा बस्नुपर्यो । मसँग पैसा सकिएको थियो । मलाई राम्रो हुँदा अघिपछि हिँड्ने साथीहरू मलाई छाडेर हिँडे । अब उनीहरू मसँग बोल्न पनि तर्किन थाले । घरमा खबर पठाएँ । आमाबुवाले गाउँमा आफ्नो अनुहार पनि नदेखाउनु भनेर उल्टै गाली गरे । अब म नितान्त एक्लै भएकी थिएँ । होटलकै साहुनीसँग सम्पर्क गरेँ । उनले सहयोग गरिन् र म पुनः होटल फर्किएँ ।
होटल फर्किएको केही दिनमै एउटी विदेशी पर्यटक महिलासँग भेट भयो । उनी रेष्टुरेन्टमा बास बस्न आएकी थिइन् । उनले एक्ली र उदास मलाई त्यहाँबाट उद्धार गरिन् र काठमाडौं लिएर आइन् । अनि म केआई नेपाल भन्ने संस्थामा आइपुगेँ । ती विदेशी महिला को थिइन् ? कुन देशकी थिइन् ? त्यो मलाई थाहा छैन तर आज मलाई नयाँ जीवन दिने उनी नै हुन् ।
अहिले म केआई नेपालको संरक्षणमा बसिरहेकी छु । यसको नयाँ जीवन परियोजनाले मजस्ता यौन व्यवसायमा संलग्न तथा यौन दुव्र्यवहारमा परेका चेलीलाई सहयोग गरेको रहेछ । यहाँ आएपछि मैले नयाँ जीवन पाएकी छु । अहिले मेरो जीवन जिउने शैली फेरिएको छ । म आफ्नो जीवनलाई भर्खर बल्ल बुझ्न थालेकी छु । साथीहरूको लहैलहैमा लागेर मैले आफूलाई बर्बादीको बाटोमा लगाएकी रहिछु ।
अपमान होइन माया दिनुस्
मजस्ता धेरैजना कुलतमा फसेका छन् । म उनीहरूलाई कुलतबाट निकाल्न चाहन्छु । विभिन्न सीपमूलक तालिम, माया, ममता र स्नेह पाएकी छु । म एक्ली र रित्तिएकी थिएँ आज सीपले भरेकी छु । यहाँबाट गएपछि मजस्तो दिदीबहिनीलाई सिकाउने योजना बनाएकी छु ।
पहिले मलाई लाग्थ्यो– हामीलाई मायाँ गर्ने अब कोही छैनन् । घरपरिवार, गाउँ, समाज र साथीहरू सबैबाट त्यगिएकी छु । कहिलेकाहीँ त लाग्थ्यो– आतमहत्या गरुँ । कसका लागि बाँच्नु भन्ने लाग्थ्यो । तर, अब म आफ्नै लागि बाँच्ने अठोट गरेकी छु ।
अहिले केआई नेपाल नामक संस्थाले मजस्तै हिंसामा परेका २० युवतीलाई सीपमूलक तालिम दिइरहेको छ । म बच्चाका लुगा सिलाउन जान्ने भएकी छु । त्यस्तै उनको ब्रास्लेट बुन्न जानेकी छु । कसैले सहयोग गरेमा आफैँ केही गरेर बाँच्ने मन छ । अब फेरि म त्यो कुलतमा कहिल्यै लाग्ने छैन बरु त्यस्तो कुलतमा लागेका धेरै दिदीबहिनीलाई उद्धारका लागि काम गर्नेछु ।
केही दिनअगाडि फेरि घर गएँ । बुवाआमालगायत सबैले माया गरे । नागरिकता पनि बनाएँ । अब समाजमा इज्जत हुने केही काम गर्छु भन्ने लागेको छ । त्यसरी कुलतमा लागेर आफ्नो जीवनप्रति निराश भएकालाई अपमान, तिरस्कार र घृणा नगरेर प्रेम, सद्भाव र मायाले सम्झाउने हो भने उनीहरू सही बाटोमा आउनेछन् । एकपटक गल्ती भयो भन्दैमा उनीहरूलाई तिरस्कार कसैले पनि नगर्नुस् बरु बाटो बिराएकालाई सही बाटो देखाइदिनुहोस्, यसबाट हामीजस्ताले नयाँजीवन पाउनेछौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण