बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अर्गानिक खेतीबाट वार्षिक २५ लाख

मङ्गलबार, २८ वैशाख २०७३, १६ : २२
मङ्गलबार, २८ वैशाख २०७३

सल्यान–स्वदेशमा सम्भावना नदेखी विदेशीने युवाहरुको लागि गतिलो उदाहरण बनेका छन् , सल्यान शारदा न.पा.४ साहिलाकम्द निवासी कृष्ण बहादुर वली । बढ्दो विषादीको उच्च प्रयोगलाई निरुत्साहित गर्दै जैविक मल प्रयोग गरी स्वस्थ तरकारी,फलफुल उत्पादन गरी सबै खर्च कटाएर उनी वार्षिक २५ लाख भन्दा बढि आम्दानी गर्न सफल भएका छन् ।

२०५२ सालमा प्रविनता प्रमाणपत्र तह उर्तीण गरेका कृषक वलीले ४ वर्ष सम्म रोजगारीको लागि भारत जानुपर्ने वाध्यताकै विचमा कृषि जन्य बस्तुहरु खरि विक्रि संगै आफ्नै घर नजिकको पाखो जमिनमा तरकारी तथा फलफुल खेती गर्न थाले ।

अथक मेहनत र परिश्रम संगै उनको कृषि कर्मले सफलता हात पार्दै गयो ।जिल्लाका केही संघसंस्था तथा जिल्ला कृषि विकास कार्यालयको सहयोग तथा व्यक्तिगत लगानीमा हाल उनले ३० रोपनी पाखो जमिनमा विभिन्न स्थानीय तथा अन्तराष्ट्रिय प्रजातीका विरुवा,फलफुल,जडिबुटी तथा तरकारी उत्पादन गर्दै आएका छन् ।

प्रत्यक्ष रुपमा चार जनालाई रोजगारी समेत दिएका वली गरेपछि जे पनि सम्भव हुने कुरामा विश्वस्त छन् । पानीको अन्य कुनै स्रोत नभएता पनि आकासे पानी संकलन गरी अर्गानिक खेती गरेर जिल्लाकै नमुना कृषकको रुपमा स्थापित भएका छन् । उनी आफ्नो उत्पादनका लागि बजारको कुनै समस्या नभएको र खोजी खोजी घरमै व्यापारीहरु किन्न आउने बताउँछन् ।

उनी राष्ट्रपति कृषक पुरस्कार तथा अन्य थुप्रै पुरस्कारहरुबाट सम्मानित भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप