आमाछोरीमाथि यौन दुर्व्यवहारको आरोपमा होटल सञ्चालकसहित चार पक्राउ
मङ्गलबार, २८ वैशाख २०७३, १६ : ५४
खोटाङ - होटलमा काम गर्ने महिला र उनकी नाबालिका छोरीलाई कुटपिट तथा यौन दुर्व्यवहार गरेको आरोपमा होटल सञ्चालकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
दिक्तेलस्थित होटल शुभदिनमा काम गर्दै आएकी महिला र उनकी तीन वर्षीया छोरीलाई कुटपिट तथा यौन दुव्र्यवहार गरेको आरोपमा होटल सञ्चालक हरिप्रसाद आचार्य, प्रबन्ध निर्देशक दिलनारायण रिजालका छोरा कविराज रिजाल, श्रीमती कोपिलादेवी रिजाल र कामदार तिलक कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका हरिप्रसाद, कविराज र तिलकविरुद्ध मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । कोपिलादेवीलाई भने सोधपुछका लागि नियन्त्रणमा लिइएको छ ।
मिलापत्रपछि पीडकविरुद्ध उजुरी नपर्दा अनुसन्धान थाल्न अप्ठ्यारो भएको प्रहरीले बताएपछि राष्ट्रिय मानव अधिकार आयोगको लिखित निर्देशनपछि उनीहरुलाई सोमबार राति पक्राउ गरिएको हो ।
आमाछोरीमाथि भएको दुव्र्यवहारको घटना सार्वजनिक भएको हप्ता दिनपछि वैशाख २३ गते बिहीबार मिलापत्र गराएर पीडितलाई थप पीडित बनाइएको भन्दै आयोगको निर्देशनमा आयोगको टोली र प्रहरीले संयुक्त रुपमा आमाछोरीलाई उद्धार गरेको थियो । होटलमा काम गर्ने आमाछोरीमाथि भएको कुटपिट तथा यौन दुव्र्यवहारका घटनालाई मिलापत्रमा टुङ्ग्याउने प्रयास भएपछि आयोगको निर्देशनमा जिल्ला प्रहरी कार्यालयले दोषीमाथि कारबाही प्रक्रिया अघि बढाएको हो ।
मिलापत्र गराएर सोमबार राजधानी काठमाडौँ पठाउन लागिएको जानकारी पाएपछि प्रहरीलाई उद्धार गर्न आयोगले निर्देशन दिएको थियो । पीडितलाई अहिले जिल्ला प्रहरी कार्यालय खोटाङमा महिला प्रहरीको संरक्षणमा राखिएको छ ।
उद्धारपछि प्रहरी संरक्षणमा पु¥याइएका महिलाले दबाबमा मिलापत्र गराइएको भन्दै आरोपितविरुद्ध उजुरी दिएको प्रहरीले जनाएको छ । कुटपिट र यौन दुव्र्यवहारका घटनामा मिलापत्र गरेको तीन दिनपछि आयोगको निर्देशनमा आयोगकै टोली र प्रहरीले पीडितलाई उद्धार गरेर जिल्ला प्रहरी कार्यालयको संरक्षणमा लगिएको हो ।
घाउजाँच केश फारमका लागि पीडित महिलाले वैशाख २१ गते प्रहरीलाई दिएको निवेदनमा होटलमा काम सुरु गरेको महिना दिनदेखि नै हरिप्रसादले दुव्र्यवहार गर्न खोजेको उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण