घुस लिँदालिँदै भक्तपुरका इन्जिनियर यादव पक्राउ
मङ्गलबार, २८ वैशाख २०७३, १६ : ५५
भक्तपुर - सडकको ग्याभिङ वाल लगाउने उपभोक्ता समितिसँग २० प्रतिशत घुस माग्ने एक इन्जिनियरलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले घुस लिँदै गर्दा पक्राउ गरेको छ ।
जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय भक्तपुर जगातेका इ शुभनारायण यादवलाई मध्यपुर थिमिको क्षयरोग केन्द्र अगाडि रहेको स्टाफ भोजनालयबाट घुस बापतको रु ३५ हजार लिँदै गर्दा आयोग टोलीले नियन्त्रणमा लिएको हो ।
आयोगको टोलीका अनुसार सरकारको रु तीन लाखको बजेटमा उपभोक्ता समितिमार्फत ग्याभिङ वाल लगाउने काम गर्दा अभियुक्त यादवले कुल बजेटको ३५ प्रतिशत रकम माग गरेकामा २० प्रतिशत रकम घुस लिने सहमति गरेका थिए । आज रु ३५ हजार र बाँकी रकम काम सकिएपछि लिने सर्तअनुसार घुस रकम लिँदै गर्दा आयोगको टोलीले यादवलाई पक्राउ गरेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण