लुनकरणदास गंगादेवी साहित्य कला मन्दिरद्वारा ७ सम्मानित
काठमाडौं– लुनकरणदास गंगादेवी साहित्य कला मन्दिरले गायिका शान्ति ठटालसहित विभिन्न क्षेत्रमा योगदान पुर्यािएका ७ व्यक्तित्वलाई शनिबार सम्मान गरेको छ । नेपाली गीत संगीतमा अतुलनीय योगदान पुर्यापएबापत मन्दिरले उनीहरुलाई सम्मान गरेको हो । मन्दिरले दार्जलिङकी ठटाललाई नारायणगोपाल संगीत सम्मान अर्पण गरेको छ भने अंगुरबाबा जोशीलाई गंगादेवी चौधरी स्मृति सम्मान दिइएको छ ।
यस्तै वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई सरस्वती सम्मान, जगमान गुरुङलाई इतिहासशिरोमणि बाबुराम आचार्य शोध सम्मान र दुर्गा बराल ‘वात्स्यायन’ लाई अरनिको ललितकला सम्मान प्रदान गरियो । यसैगरी बरिष्ठ रंगकर्मी प्रचण्ड मल्ललाई बालकृष्ण सम रंगसम्मान र बबिता पौडेल भट्टराईलाई नेपाल नवप्रतिभा सम्मान दिइएको छ । मन्दिरका अध्यक्ष वसन्त चौधरी र राष्ट्रकवि माधव घिमिरेले पुरस्कार तथा सम्मान हस्तान्तरण गरेका थिए । पुरस्कार स्मृति सम्मानमा एक लाख रुपैयाँ र अन्य सम्मानमा जनही ५१ हजार रुपैयाँ र ताम्रपत्र रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण