धनगढीमा बस व्यवसायीबीच विवाद
धनगढी - बस सेवा सञ्चालनका विषयमा सुदूरपश्चिम यातायात व्यवसायी समिति र बडिमालिका यातायात प्रालिबीच विवाद बढेको छ । विवादसँगै आफ्नो गन्तव्यतिर गइरहेका बडिमालिका यातायात प्रालिका बसलाई सुदूरपश्चिम यातायातका पदाधिकारी र मजदुरले बाटामै रोकेर तोडफोड गरेको बडिमालिका यातायातका कालुसिं पार्कीले आरोप लगाए । उहाँले बडिमालिकाका बा३ख २३२०, बा३ख ३९६९ नं का बसमा तोडफोड गर्नाका साथै बस व्यवसायी जेके साहु र चालकमाथि कुटपिट समेत गरिरहँदा पनि प्रहरी प्रशासनले सुरक्षा नदिएको आरोप लगाए । कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको बडिमालिकाले यातायात व्यवस्था विभागबाट काठमाडौँदेखि धनगढीसम्मको नाइट रुट परपिट (रात्रि सडक इजाजत) पाए पनि सम्बन्धित कार्यालयमा पु¥याउनुपर्ने थप प्रक्रिया नपु¥याएकाले बस सेवा सञ्चालनमा विवाद सिर्जना भएको जनाइएको छ । विवादका विषयमा बुझ्न खोज्दा सुदूरपश्चिम यातायात व्यवसायी समितिको कार्यालयमा सम्पर्क हुन सकेन । सुदूरपश्चिम यातायात व्यवसायी समितिले बस सेवा सञ्चालनमा आलोपालो ‘सिन्डिकेट’ प्रणाली हटाउन नखोजेकै कारण बडिमालिका बस सेवा सञ्चालनमा विरोध गरेको आरोप लाग्दै आएको छ । यसैबीच यातायात व्यवस्था समिति कैलालीको सोमबार बसेको बैठकले प्रचलित ऐननियमका साथै यातायात व्यवस्था विभागले दिएको निर्देशनका बुँदा परिपालना गर्ने गरी बडिमालिका यातायात प्रालिका बस सञ्चालन हुन दिने निर्णय गरेको समितिका सदस्य सचिव एवम् सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख केशवदत्त जोशीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण