बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तालमा डुवेर महिलाको मृत्यु

मङ्गलबार, २८ वैशाख २०७३, १७ : २०
मङ्गलबार, २८ वैशाख २०७३

म्याग्दी – निस्कोट स्थित बराह तालमा डुवेर एक जना महिलाको मृत्यु भएको छ । निस्कोट ९ की ३० वर्षीया बिष्णु कामीको तालमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आईतबारदेखि हराईरहेकी बिष्णुलाई खोजी गर्ने क्रममा मंगलबार स्थानीय बासिन्दाले ताल माथि मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

ईलाका प्रहरी कार्यालय दरवाङबाट गएको प्रहरी टोलीले शवलाई तलाउबाट निकालेर पोष्ट मार्टमका लागि बेनी स्थित जिल्ला अस्पतालमा ल्याएको छ । दुई दिनेदेखि सम्र्पक बिहीन बिकको स्नान गर्ने क्रममा तालमा डुबेको अनुमान गरिएपनि थप अनुसन्धान पनि भैरहेको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप