पूर्वी चीनमा गएको पहिरोमा ३५ को मृत्यु
ताइनिङ्ग - चीनको फुजीआन प्रान्तमा आइतबारदेखि गएको पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३५ पुगेको छ । सो पहिरो अझै पनि एक व्यक्ति वेपक्ता भएका छन् ।
ताइनिङ्ग जिल्लाका अधिकारीहरुले मङ्गलबार यस हताहतीको पुष्टि गरेका छन् । स्थानीय समयाअनुसार गत आइतबार विहान ५ बजेबाट सो पहिरो जान सुरु भएको र करिब १ लाख घन मिटर ढुङ्गा र माटो पहिरोमा बगेको बताइएको छ । पहिरो प्रभावित उक्त स्थानमा उद्धारकार्य जारी रहेको बताइएको छ । यसैबीच प्राप्त एक अर्को समाचार अनुसार दक्षिण चीनको गुआङ्गसी जुआङ्ग क्षेत्रमा भारी बर्षापछि गएको पहिरोमा परी चार बेपत्ता भएका स्थानीय अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । यस पहिरो प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको बताइएको छ । गुआङ्गसीमा गत आइतबारदेखि नै भारी बर्षाले सतारहेको बताइएको छ ।
यद्यपी नागरिक मामिला विभागले भने यस पहिरोमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक घाइते भएको पुष्टि गरेको छ ।
यस पहिरोमा परी ३ लाख ५ हजार २ सय घरपरिवार प्रभावित भएको पनि सो विभागले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण