किसान महासंघमा सर्वसम्मत नेतृत्वको सम्भावना
बर्दिबास (महोत्तरी) – किसानका हरेक समस्या समाधानका लागि तत्कालै किसान आयोग गठन गर्न किसानहरुले माग गरेका छन् । महोत्तरीको बर्दिबासमा जारी अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा बोल्दै किसान प्रतिनिधिहरुले आफ्नो सरकार भएकै बेला किसान आयोग गठन गरी किसानहरुको समस्या समाधान गर्न माग गरेका हुन् ।
सातै प्रदेशबाट रिपोर्टिङ्ग गर्ने किसान प्रतिनिधीहरुले वर्षौँदेखि पार्टीले उठाएको किसान आयोगको कुरा आफूले मन्त्रालय सम्हाल्दा पनि गठन गर्न नसके वर्षौं अलपत्र पर्ने भन्दै चाँडै पहलकदमी लिन नेतृत्वलाई दवाव दिए । ‘यो बेलामा पनि आयोग गर्न नसकेमा त यो भाषणमात्र हुन्छ’ प्रदेश नं ५ का रामध्वनी केवटले भने ‘यदी गठन गर्ने नै हो भने तत्काल गर्नुप¥यो, हैन भने संवभ छैन भन्नुप¥यो ।’
बन्दसत्रमा किसान पेन्सन भनेर मन्त्रीले प्रतिवद्धता जनाएपनि सरकारले नीति तथा कार्यक्रममा किसान सहभागीतामा आधारीत सामाजिक सुरक्षा भत्ता भनेर ल्याईएकोले किसान पेन्सन नै भनेर उल्लेख गरीनुपर्ने माग गरे । ‘यो किसन पेन्सन नै भनेर आउनुप¥यो, अलमल्ल पार्ने शब्द आउनुभएन’ ३ नम्बर प्रदेशका नारायण थापाले भने ‘अनि नीति तथा कार्यक्रममा हैन बजेट नै यो वर्षदेखि छुटिनुप¥यो ।’
सरकारले सबै गाविसमा कृषि र पशु प्राविधीक राख्ने भनेको कुरा यो वर्षदेखि नै शुरु गरीनुपर्ने पनि माग गरेका छन् । गाउँमा काम गर्ने किसानलाई प्राविधीक सल्लाह परेको समस्याको बारेमा मन्त्रालयमा बसेकाहरुलाई थाहा
नभएकोले तत्काल प्राविधीकहरु पठाउन माग गरे । किसान महिलाका विषयमा अहिलेम्म कही कतै केही उल्लेख नहुने भएकोले ठोस कार्यक्रम ल्याउन पनि माग गरेका छन् । ‘उपेक्षित उत्पिडीत वर्ग, जाती, क्षेत्र, लिंगको विषमा सबैभन्दा धेरै आवाज उठाउने पार्टीको संगठन हामी, हामीले नै महिलाको विषयका केही कुरा ठोस नगर्ने मिल्छ ?’ क्षेत्र नं ३ कि राधा तिमील्सिनाले भनिन् ‘यो सम्मेलनबाट ठोस कार्यक्रम ल्याउनुपर्छ ।’
सर्वसम्मत नेतृत्वको सम्भावना
महासंघको नयाँ नेतृत्व सर्वसम्मत हुने संभावना छ । किसानका हक अधिकारका लागि सबैभन्दा धेरै संघर्ष गर्ने संगठन भएकोले अव अधिकार सुनिश्चितता गर्ने बेला आएकोले त्यसका लागि सर्बसम्मत नेतृत्व चयन गरीने आयोजकले बताएको छ ।
अध्यक्षमा निवर्तमान अध्यक्ष चित्र बहादुर श्रेष्ठ नै दोहोरीने स्रोतले बतायो । महासचिवको लागि कृषि मन्त्रीका सल्लाहकार समेत रहेका संगठनका सचिवालय सदस्य नहेन्द्र खड्काले दावी गरेको स्रोतले बताएको छ । यद्यपी उक्त पदमा भने अन्यको पनि दावी रहेकोले सर्बसम्मत बनाउदा समस्या मिलाईने स्रोतको दावी छ । ‘हलमा ८० प्रतिशत बढी उहाँको पक्षमा देखिएको छ’ एक केन्द्रिय सदस्यले भने ।
सम्मेलनको उद्घाटन गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले आफूहरुले ल्याउन लागेको किसान पेन्सन कार्यक्रमले जमिन बाँझो नराखी व्यवसायीकरण गर्ने बैज्ञानिक बाटोपनि खोल्ने बताए । उनले अवको भूमिसुधार २००६ सालको वा त्यसपछिका वर्षहरुको जस्तो नभई विश्वसुहाउँदो देशमा आर्थिक विकासको जग बसाउने किसिमको हुनुपर्ने बताए । उनले वास्तविक किसनलाई प्राथमिकता दिई किसानको नाम बेच्ने ठगबाट देशलाई बचाउनुपर्ने बताए ।
शिक्षामन्त्री गिरीराजमणी पोखरेलले अव नेपालमा व्यवसायीक कृषिको लागि प्राविधी शिक्षाको विस्तार गरीने बताए । कृषि मन्त्री हरीबोल प्रसाद गजुरेलले जग्गामा किसानको पहुँच नभएसम्म किसानमा कृषि गर्न उत्साह नहुने भन्दै जमिनमा किसानको पहुँचका लागि काम गने बताएका थिए । सिँचाईमन्त्री हरीबोल प्रसाद गजुरेलले हिमालमा हिउँ हुँदा सम्म किसानको खेतमा पानी पु¥याउने योजनाका साथ आफू लागेको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्न निर्देशन
-
किसानको पसिना सस्तो, उपभोक्ता भान्छा महँगो
-
चार ‘एमिकस क्युरी’ सिफारिस
-
पेट्राेलियम पदार्थकाे मूल्य स्थिर
-
इङ्ग्ल्यान्डले भगवानको हात देखिसकेको छ, अब भगवानको देब्रे खुट्टा पनि देख्नेछः इब्राहिमोभिच
-
युद्धले लेबनानमा वन विनाश र वातावरणीय क्षति बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण