थप तीन दरबार सर्वसाधारणका लागि खुल्ला
काठमाडौँ - नेपाल ट्रस्टको कार्यालयले तीनवटा दरबार अवलोकन गर्न सर्वसाधारणलाई खुल्ला गर्ने निर्णय गरेको छ । कार्यालयका सचिव भीमप्रसाद उपाध्यायले दिएको जानकारीअनुसार शुल्क लिई अवलोकन गर्न खुल्ला गरिएका दरबारमा रत्नमन्दिर दरबार (पोखरा), दियालो बङ्गला दरबार (चितवन) र कान्ति ईश्वरीय दरबार (हेटाँैडा) रहेका छन् । गत वैशाख ८ गतेको निर्णयअनुसार रत्नमन्दिर दरबार अवलोकन गर्न विदेशी नागरिकलाई रु एक हजार, स्वदेशी नागरिकलाई रु १०० र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई रु ५०, दियालो वङ्गला दरबार अवलोकन गर्न विदेशी नागरिकका लागि रु ५००, स्वदेशी नागरिकलाई रु ५० र विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई रु २५ निर्धारण गरिएको उहाँले जानकारी दिए। यसैगरी, कान्तिईश्वरीय दरबारका लागि विदेशी नागरिकका लागि रु १००, स्वदेशी नागरिकका लागि रु २५ र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लाग रु १० शुल्क निर्धारण गरिएको छ । सचिव उपाध्यायले निकट भविष्यमा अन्य दरबारको तयारी गरी खुल्ला गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण