प्रेस चौतारीको सबै जिल्लामा शाखा
मङ्गलबार, २८ वैशाख २०७३, २१ : ५८
काठमाडौँ− प्रेस चौतारी नेपालको मनाङमा नयाँ शाखा स्थापनासँगै देशको ७५ वटै जिल्लामा शाखा हुने पत्रकारको पहिलो संस्था बनेको छ ।
राजनबहादुर गुरुङ संयोजकत्वमा गठित सात सदस्यीय तदर्थ समितिलाई मङ्गलबार बसेको चौतारी सचिवालय बैठकले अनुमोदन गरेको थियो । समितिको सदस्यमा छिमी वाङबो गुरुङ, सबिना सिंह महर्जन, छिरिङ लोप्साङ गुरुङ, निलम गुरुङ, मखनबहादुर गुरुङ र कमलजङ्ग गुरुङ रहेका छन् ।
अध्यक्ष राजेन्द्र अर्यालले मनाङमा सञ्चारसम्बन्धी सङ्गठन स्थापना भएको यो नै पहिलो भएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घको शाखासमेत मनाङमा स्थापना हुन सकेको छैन । चौतारीका अब ७५ जिल्ला शाखा र आठ प्रतिष्ठान शाखा भएका छन् । चौतारीले आगामी जेठको ६, ७ र ८ गते काठमाडौँमा हुने आठौँ राष्ट्रिय अधिवेशनको तयारी तीव्र बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण