स्वयम्सेवक खटाउन एमालेको निर्देशन
मङ्गलबार, २८ वैशाख २०७३, २२ : १३
काठमाडौँ- नेकपा (एमाले) ले गत वर्षको भूकम्पबाट प्रभावित भई अझैसम्म आकाशमुनि बस्न बाध्य भएकालाई वर्षा अगावै छानामुनि ल्याउन स्वयम्सेवक परिचालनका लागि सम्बन्धित कमिटीलाई निर्देशन जारी गरेको छ ।
एमालेको केन्द्रीय सचिवालयको बैठकपछि सचिव प्रदीपकुमार ज्ञवालीले आज जारी गर्नुभएको निर्देशनमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले स्वयम्सेवक आह्वान गरेको सन्दर्भमा सम्बन्धित ३१ जिल्ला नेतृत्व, पूर्वजनप्रतिनिधि, कानुनका जानकारलगायत रहेको पुनःनिर्माण सहयोग समिति गठन गर्न भनिएको छ ।
एमालेले आगामी जेठ ३ गते २३औँ मदन आश्रित स्मृति दिवस मनाउन र सो दिवसलाई राष्ट्रिय स्वाधीनता, संविधानको कार्यान्वयन र समृद्ध नेपालसम्बन्धी वहस सञ्चालन गर्ने गरी सफल बनाउन निर्देशन दिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण