सिरहाका अवैध एक दर्जनभन्दा बढी अस्पताल बन्द गराइयो
लहान - सिरहाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर नेतृत्वको संयुक्त अनुगमन टोलीले सिरहाको विभिन्न स्थानमा अवैध रुपमा सञ्चालित अस्पताल बन्द गराएको छ ।
प्रजिअ सहितको संयुक्त अनुगमन टोलीले मङ्गलबार गरेको अनुगमनका क्रममा जिल्लाका विभिन्न स्थानमा बिनादर्ता अवैध रुपमा सञ्चालनमा रहेका एक दर्जनभन्दा बढी अस्पताललाई बन्द गराएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा दयाशङ्कर लाल कर्णले जानकारी दिए ।
सिरहाको लहान, गोलबजार र मिर्चैयामा गरिएको अनुगमनका क्रममा बिनाप्रक्रिया र बिनादर्ताले सञ्चालनमा रहेको पाइएपछि ती अस्पताललाई बन्द गराएको उनले बताए ।
उनका अनुसार लहानस्थित त्रिदेव अस्पताल, गोलबजारस्थित श्रीराम अस्पताल, मिर्चैयास्थित मङ्गलम अस्पताल, ग्लोबल अस्पताल, आर्य सिटी अस्पताल र एमएम अस्पतालसहित जिल्लामा अवैध रुपमा सञ्चालनमा रहेका एक दर्जनभन्दा बढी अस्पताललाई बन्द गराइएको छ ।
बन्द गराइएका अस्पताललाई दर्ताका साथै सम्पूर्ण कागजी प्रक्रिया नपु¥याउन्जेल सञ्चालन नगर्न निर्देशनसमेत दिइएको प्रमुख डा कर्णले बताए । बन्द गराइएका अस्पतालको निगरानी गर्ने जिम्मा स्थानीय प्रहरीलाई दिइएको छ । अनुगमन टोली आउँदै गरेको खबर पाएपछि केही अवैध अस्पतालका सञ्चालक अस्पताल बन्द गरी फरार भएका थिए । अवैध रुपमा सञ्चालनमा रहेका अस्पताललाई अनुगमन गर्न निरन्तरता दिने सिरहाका प्रमुख जिल्ला अधिकारी मानन्धरले बताए ।
अनुगमन टोलीमा प्रजिअ मानन्धरसहित जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा कर्ण, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवाली, इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्याम सिंह चौधरी, सशस्त्र प्रहरी बल बेस क्याम्प मिर्चैयाका प्रहरी नायब उपरीक्षक पूर्ण कुँवर, इलाका प्रशासन कार्यालय लहानका प्रमुख तुलसीराम पोखरेल र नेपाल पत्रकार महासङ्घ सिरहाका सभापति देवकुमार यादव रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण