बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

१२ वर्षदेखि जिर्ण सडक निर्माण गर्न माग गर्दै गच्छदारलाई ज्ञापनपत्र

बुधबार, २९ वैशाख २०७३, १३ : ३६
बुधबार, २९ वैशाख २०७३
काठमाडौं – जिर्ण सडकलाई तत्काल निर्माण गर्न माग गर्दै हिन्दु जनशक्ति युवा संघले उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री विजय गच्छदारलाई ज्ञापन पत्र बुझाएको छ । १२ वर्षदेखि जिर्ण अवस्थामा रहेको सर्लाहीको मलंगवा–नवलपूर सडक खण्ड तत्काल निर्माण गर्नुपर्ने राख्दै संघका अध्यक्ष विकाश ठाकुरले मंगलबार साँझ गच्छदारसमक्ष ज्ञापनपत्र बुझाएका हुन् । ‘सडक जिर्ण बन्दा स्थानीयले निकै सास्ती खेप्नुपरेको छ । सडककै कारण त्यहाँ दुर्घटना बढी हुने गरेको छ भने धुलो र धुँवाले स्थानीयको स्वास्थ्यमा नाकारात्मक असर पुर्याएको छ,’ अध्यक्ष ठाकुरले भने । मन्त्री गच्छदारले आफु सो सडक निर्माणका लागि अगामी बजेटमा समेट्ने प्रयास गर्ने आश्वासन समेत दिएको अध्यक्ष ठाकुरले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप