बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पोखरामा भीषण वर्षा

सोमबार, ०३ जेठ २०७३, १६ : ५८
सोमबार, ०३ जेठ २०७३

पोखरा –पोखरामा सोमवार दिउसो भीषण वर्षा भएको छ । लामो सयमको खडेरीपछि पोखरामा सोमवार दिउसो वर्षा भएको हो । वर्षा भएपछि यहाँका कृषकहरुमा खुसियाली छाएको छ । दिउसो परेको पानीले कृषि क्षेत्रमा ठूलो राहत मिलेको जिल्ला कृषि विकास कार्यालय कास्कीले जनाएको छ । समयमा पानी नपर्दा कतिपय कृषकहरुले मकै लगाउन पाएका थिएनन् भने कतिपयले लगाएका मकै वारी मै सुकेका थिए । पोखरा क्षेत्रमा पानीले राहत थपेपनि जिल्लाका सवै भूभागमा पानी परे नपरेको वारे जानकारीमा नआएको वरिष्ट कृषि विकास अधिकृत रमेशप्रसाद कोईरालाले जानकारी दिएका छन् । ढिलै भएपनि आएको पानीले अव कृषकहरुलाई धानको वीउ राख्न सजिलो भएको कोईरालाले जानकारी दिएका छन् । लामोसमय सम्म खडेरी पर्दा यहाँका कृषकले लगाएको वाली नाली प्रभावित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप