टिके प्रथा शुरु गरेको भन्दै प्रेस चौतारी भक्तपुरका ३३ जनाद्वारा सामूहिक राजीनामा
भक्तपुर - प्रेस चौतारी भक्तपुरका अध्यक्षसहित सबै सदस्यले सामूहिक राजीनामा दिएका छन् ।
आज १३ सदस्यीय सिङ्गो कार्यसमिति, सल्लाहकार र ३२ जना सदस्यले प्रेस चौतारीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएको प्रेस चौतारी भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईले जानकारी दिए ।
प्रेस चौतारी भक्तपुरको आज बसेको बैठकले सङ्गठनको नीतिनियमभन्दा पनि नेकपा (एमाले)का नेताको निर्देशन र नेताको चाकडीका आधारमा आ–आफ्ना मान्छेलाई टीका लगाएर सङ्गठन बनाउने र प्रेस चौतारी चलाउने परिपाटी भएको ठहर गरी त्यसप्रति खेद प्रकटसमेत गरेको छ ।
नयाँ नेतृत्व चयनमा सर्वसम्मतिका नाममा एमाले नेताको आशीर्वाद प्राप्त व्यक्तिलाई टीका लगाइएको भन्दै बैठकले निन्दासमेत गरेको छ ।
लोकतान्त्रिक विधिअनुसार चुनावी मैदानमा उत्रिएर चुनावी नतिजा स्वीकार्न तयार सङ्गठनका इमान्दार नेता तथा कार्यकर्तालाई पाखा लगाउने काम भएको निष्कर्ष निकालेको बजगाईले बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण