२४ फुटबल प्रशिक्षकले ‘ए’ लेभलको कोचिङ कोर्स’ लिए
शनिबार, ०८ जेठ २०७३, १९ : ३६
काठमाडौँ - चौबिसजना नेपाली प्रशिक्षार्थीले एसियाली फुटबल महासङ्घ (एएफपी)अन्तर्गतको ‘एएफसी ‘ए’ कोचिङ सर्टिफिकेट कोर्स’ आज पूरा गरेका छन् ।
अखिल नेपाल फुटबल सङ्घले एएफसीसँगको सहकार्यमा विभिन्न नेपाली फुटबल प्रशिक्षकलाई उक्त ‘कोर्स’ लागि दुई चरणमा प्रशिक्षण दिएको थियो ।
ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो चरणको उक्त तालिम चैत १२ देखि २४ गतेसम्म भएको थियो भने अर्को वैशाख २७ गतेदेखि सुरु भएर आज सम्पन्न भएको हो ।
प्रशिक्षार्थीलाई विश्व फुटबल महासङ्घ (फिफा) र एएफसीको मान्यता प्राप्त प्रशिक्षक भाइथिलिन्गम सुब्रमनिमले दिएका थिए ।
प्रशिक्षित हुनेमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक बालगोपाल महर्जन, उपेन्द्रमान सिंह, हरि खड्का, मधु कार्की, मृगेन्द्रप्रसाद मिश्र, मधु कार्की, नवीन न्यौपाने, कुमार थापा, राजेन्द्र तामाङ, मेघराज केसी र हरिओम श्रेष्ठलगायत छन् ।
एन्फाका कावा अध्यक्ष नरेन्द्र श्रेष्ठले यो स्तरको ‘कोर्स’ नेपालमा पहिलोपटक भएको जानकारी दिँदै सन् २०१८ सम्ममा सबै क्लबस्तरका प्रशिक्षकलाई अनिवार्य रुपमा प्रशिक्षण दिने प्रतिबद्धता व्यक्त गरे ।
प्रशिक्षक सुब्रमनिमले यो ‘कोर्स’बाट नेपाली प्रशिक्षकले धेरै फाइदा लिएको आफूलाई आशा लागेको बताउँदै नेपाली घरेलु फुटबलले अब गति लिने आशा व्यक्त गरे। सहभागीहरुले तालिमबाट फुटबलका नयाँ धेरै ज्ञान लिएको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण