बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बीबीसी नेपाली सेवाका पूर्वप्रमुख खगेन्द्र नेपालीलाई स्पेनमा सम्मान गरिने

आइतबार, ०९ जेठ २०७३, ०७ : २४
आइतबार, ०९ जेठ २०७३

बार्सिलोना– बीबीसी नेपाली सेवाका पूर्वप्रमुख खगेन्द्र नेपालीलाई स्पेनमा बिशेष सम्मान गरिने भएको छ । सन् १९७९ देखि झन्डै २७ बर्ष बीबीसी नेपाली सेवामा काम गरेर अबकास लिएका, नेपालीलाई बिशेष सम्मान गर्न लागिएको हो ।

युरोपको लोकप्रिय अनलाईन पत्रिका नेपाली नेपाली डटकमले दोस्रो बार्षिकोत्सव समारोहको अबसरमा नेपालीलाई सम्मान गर्न लागेको हो ।

२७ वर्ष लन्डनस्थित बीबीसी नेपाली सेवामा बिताएर अवकास लिनुअघि दश वर्ष उक्त सेवाको प्रमुख रहेका नेपाली पछिल्लो समय नेपाली साहित्यको अडियो बूक उत्पादनमा सक्रिय रहेका छन्।

उनले पहिलो पटक नेपालको इतिहासमा नै अडियो बुकको जन्म दिएका थिए। सन् २००६ नोभेम्बरमा विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त उनको पहिलो अडियो बुक थियो ।

बीबीसीमा सुनिरहेको आवाजलाई त्यहाँबाट अवकास लिए पनि स्रोताहरुले अडियो बुक मार्फत पुनस् सुन्न पाउँदा झनै रुचाए । त्यसपछि नेपालीले डायमनशमशेर राणाको सेतो बाघ, रमेश विकलको अविरल बग्दछ इन्द्रावती, योगी आनन्द अरुणको सन्त गाथा र लक्ष्मीप्रसाद देवकोटाका उत्कृष्ट कविताहरुको अडियो बुक, झमक घिमिरेको आत्मजीवनीपरक निवन्ध ‘जीवन काँडा कि फू’ लाई अडियो बुकको रुपमा ल्याएका छन् ।

छनोट समितिका संयोजक तथा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का सदस्य एकराज गिरीले पत्रकारिता क्षेत्रमा लामो समय बिताएका खगेन्द्र नेपालीलाई स्पेनबासी नेपाली माँझ सम्मान गर्न पाउनु गर्बको विषय भएको बताए।

नेपालीनेपाली डटकमका प्रधानसम्पादक बसन्त रानाभाटले नेपालीले पत्रकारितामा सफल कार्यकालपछि नेपाली साहित्य तथा संस्कृतिलाई नयाँ माध्यमबाट उचाईमा पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दा, युरोपबाट कलम चलाउने सबै पत्रकारलाई प्रोत्साहन मिल्ने बताएका छन् ।

उनको जीवनीसहितको भिडियोलाई बिशेष समारोह बीच प्रस्तुत गरी सम्मानित गरिने रानाभाटले जानकारी दिए। युरोपबाट सामाजिक तथा कलाकारिता क्षेत्रमा योगदान दिने अन्य २ जनालाई पनि सम्मान गरिने भएको छ ।

यसको घोषणा भने बिशेष समारोहमा नै हुने आयोजकले जनाएको छ । यसैबीच मिडियाले आगामी जुलाई ११ तारिख सोही कार्यक्रममा नेपालको पर्यटन प्रबद्दनका लागि बिशेष भिडियोहरु देखाउने भएको छ ।

बिशेष पर्यटकहरुलाई केन्द्रित गरेर बनाईएको सामाग्रीमा नेपाल घुम्नलाई सुरक्षित छ भन्ने सन्देशहरु रहने छ। कार्यक्रममा एनआरएनए अभियन्ताहरु,युरोपका सामाजिक व्यक्तित्वहरु,कलाकार,पत्रकार तथा स्पेनबासी नेपाली समुदायको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप