अमेरिकामा कराते खेलाडी ठकुरीद्वारा नौलो खतरनाक ‘ब्रेकिङ्ग’
वाशिंगटन डिसी –डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका कराते खेलाडी उज्ज्वल ठकुरीले म्यारील्याण्ड भिक्ट्री कप कराते प्रतियोगितामा नौलो खतरनाक ब्रेकिङ्ग प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् ।
ठकुरीले आजसम्म कसैले नगरेको नौलो प्रस्तुति गरि नयाँ किर्तिमान गर्ने जानकारी गराएपछि म्यारील्याण्ड भिक्ट्री कप कराते च्याम्पियनसिपमा उनलाई आयोजकले प्रदर्शन गर्न आमन्त्रण गरेका थिए ।
उनलाई यो अद्वितीय खतरनाक किर्तिमान कायम गर्न ३ बर्ष लागेको छ । उनले बिगत ३ बर्षदेखि क्रमस ५ ,१० ,१५ पाउण्ड दातले उचाल्ने प्रयास गर्दै सम्पन्न प्रतियोगितामा अन्ततगत्वा ४० पाउण्ड दाँतले उचाली दुवै खुट्टा फाडेर अगाडी राखिएका दुई वटा काठ तोड्न सफल भएका छन् ।
यसैगरी उनले दुवै खुट्टा फाडेर एक हातमा काठ लिँदै नजिकबाट अर्को हातद्वारा तोड्दै नयाँ ईतिहास कायम गरेका छन् । यस्तो तोड्ने काममा अर्का व्यक्तिले समात्ने गरिन्छ भने ठकुरीले आफैले एउटा हातले समातेर एक इन्चका काठलाई नजदिकबाट कसैको सहारा बिना तोडेका थिए ।
यस्ता किसिमका नौलो खतरनाक ब्रेकिङ्ग गुगल तथा युटूबमा कसैले गर्न नसको र कतै फेला पार्न नसकेको ठकुरीको दाबी छ । अमेरिकामा मात्र हैन कि विश्व मै यस्तो कहिँ र कसैले नगरेको कराते खेलाडी ठकुरीले थाहा पाएपछि उनले यो प्रयास गरेका हुन् ।
ठकुरीले नौलो किर्तिमान बनाउन अगाडी नेपालको झन्डा घाटीमा झुन्ड्याएर नौलो खतरनाक काठ तोडेका थिए । उनले नेपाल र नेपालीको नाम र छवि उच्च बनाउन सफल भएका छन् ।
ठकुरीले प्रस्तुत गर्नु अगाडी आयोजकले यस्तो कहिले नदेखेकोले घोषणा गर्दै सबैलाई यस्तो घरमा अभ्यास नगर्न आग्रह गर्दै ठकुरीको प्रशंसा गरेका थिए ।
ठकुरीले अहिलेसम्म ९ स्वर्ण ४ रजत र ४ कास्य जित्न सफल भएका छन् । जसमध्ये ७ वटा स्वर्ण पदक करातेमा, एउटा तेक्वान्दोमा र एउटा करातेको खतरनाक ब्रेकिङ्ग तोड्नेमा स्वर्ण पदक प्राप्त गरेका छन् ।
आगामी दिनमा अन्य स्थानमा हुने प्रतियोगितामा दाँतले ५० पाउण्ड उचाली यस्तै किर्तिमान राख्ने र नेपालको नाम उच्च राख्ने चाहना रहेकोले पूर्व अभ्यास गरि रहेको ठकुरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण