बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नेविसंघको प्रदेश नम्बर २ को प्रशिक्षण कार्यक्रम महोत्तरीमा हुने

आइतबार, ०९ जेठ २०७३, ०८ : ३८
आइतबार, ०९ जेठ २०७३

जलेश्वर– नेपाली काँग्रेसको भातृसंगठनको रुपमा रहेको नेपाल विद्यार्थी संघको प्रदेश नम्बर २ को प्रशिक्षण कार्यक्रम महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा हुने तय भएपछि यसको लागि विभिन्न तयारी समितिहरु बनाइएको छ ।

प्रदेश नम्बर २ मा रहेको ८ जिल्लाका नेपाल विद्यार्थी संघका पदाधिकारीहरुको सहभागितामा २ दिने प्रशिक्षण कार्यक्रम यही जेठ महिनाको २८ र २९ गते जलेश्वरमा हुने तय भएको नेविसंघका जिल्ला अध्यक्ष रोशन ठाकुरले जानकारी दिए ।

प्रशिक्षण शिविर तयारीको लागि नेविसंघ जिल्ला शाखाले शनिबार बैठक बसी विभिन्न तयारी समितिहरु बनाएका छन् । समितिहरुमा अर्थ समितिको संयोजकमा राजिवकुमार झा, आवास समितिको संयोजकमा विजय राय, भोजन व्यवस्थापन समितिको संयोजकमा कपिलदेव रिजाल, मञ्च व्यवस्थापन समितिको संयोजकमा आशुतोष झा, प्रचार–प्रसार समितिको संयोजकमा निवेश मण्डल, अतिथि स्वागत समितिको संयोजकमा देवर्षी नेपाल तथा सुरक्षा व्यवस्थापन समितिको संयोजकमा राकेश साहलाई राखिएको जनाइएको छ । हरेक समितिमा संयोजकसहित पाँचजनालाई राखिएको छ ।

नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको आयोजना तथा जिल्ला शाखाको संयोजनमा हुने दुई दिने प्रशिक्षण कार्यक्रममा प्रदेश नं. २ को ८ जिल्लाको करिब डेढ सयभन्दा बढी सहभागीहरुको सहभागिता रहने प्रचार–प्रसार समितिका संयोजक निवेश मण्डलले जानकारी दिनए । उनले भने, ‘देशमै यो जिल्ला पछाडी पारिएको हो तर पनि हामीले एउटा अवसर पाएका छौं र त्यो अवसरलाई हामीले पुरा गर्छौं ।’

बैठक जिल्ला शाखा अध्यक्ष रोशन ठाकुरको अध्यक्षतामा भएको थियो भने केन्द्रीय सदस्य अमरेन्द्र झा, नेविसंघका पूर्व जिल्ला अध्यक्ष मोहन पाण्डेय, क्षेत्रनं. ३ का क्षेत्रिय अध्यक्ष अश्विनी साह, क्याम्पस ईकाईका पूर्व सभापति रोहित चौधरीलगायतका उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप