एम्बुलेन्स खरिदका लागि सांसदद्वारा सहयोग
कञ्चनपुर– सांसद बहादुरसिंह थापाले कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकामा रहेको सनवोरा कृषि सहकारी संस्था लिमिटेड झलारीलाई एम्बुलेन्स खरिदका लागि रकम उपलब्ध गराएका छन् ।
निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सहकारीलाई रु पाँच लाख ५० हजार रकम सांसद थापाले उपलब्ध गराएका हुन् ।
एम्बुलेन्स खरिदका लागि सांसद थापाले उपलब्ध गराएको रकममा सहकारीले रु चार लाख रकम थपेर एम्बुलेन्स खरिद गर्ने योजना बनाएको सहकारीका अध्यक्ष हरेन्द्र भण्डारीले बताए ।
एम्बुलेन्स नहुँदा यहाँका बासिन्दाले महेन्द्रनगर, धनगढीलगायतका क्षेत्रबाट चर्को शुल्क तिरेर सेवा लिँदै आएकामा सहकारीले एम्बुलेन्स सेवा सञ्चालन गरी सहज रुपमा सेवा पु¥याउन लागेको हो ।
यसैगरी, व्यवस्थापिका–संसद्का सांसद कृपाराम रानाले समेत गत महिना पिपलाडी स्वास्थ्य चौकीलाई एम्बुलेन्स खरिदका लागि करिब रु आठ लाख हस्तान्तरण गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण