बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रहरी सक्रिय हुँदै, ३ दिनमै ८७ हजारको सामान जफत

आइतबार, ०९ जेठ २०७३, ०८ : ४७
आइतबार, ०९ जेठ २०७३

जलेश्वर–भारतबाट चोरी निकासी गरी ल्याउँदै गरेको अवस्थामा गत ३ दिनमै प्रहरीले करिव ८७ हजारको सामान नियन्त्रणमा लिई भिठामोड भन्सार कार्यालयमा बुझाएको छ । सो सामग्रीहरुमा एलबेस्टर, खाने तेल, कपडालगायतका सामग्री रहेको प्रहरीले जनाएको छ ।

सदरमुकाम र छेउछाउका साना व्यापारीहरुले सानो–सानो पसलको लागि वर्षौंदेखि व्यापार प्रयोजनका लागि ल्याउने गरेका ती सामग्रीहरु साना–साना बालबालिकाको माध्यमले तथा आफैं पनि विभिन्न चोरबाटो भई ल्याउँदै गरेको बेला प्रहरीको गस्ती टोलीले ति सामग्री नियन्त्रणमा लिएका हुन् ।

यता स्थानीयले प्रहरीको कार्य स्वागत योग्य भएको भन्दै चोर बाटोहरुमाथि पूर्ण निगरानी राख्नु पर्ने बताउँछन ।

दैनिक लाखौंको सामान भारतबाट भन्सार नै नतिरी आउने गरेकोमा विगतमा केहि नमुना बाहेक सामान पक्राउ नपरेको तर गत हप्तादेखि अचानक यस्ता सामानहरु पक्राउ पर्न थालेपछि कि त प्रहरी पूर्ण ईमान्दार भएको वा कालोबाजारियाहरुसँग लेनदेनको हिसाव नमिलेको हुन सक्ने प्रतिकृया दिनेहरु पनि केहि भेट्टिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप