बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति ओबामा एसिया भ्रमणका लागि प्रस्थान

आइतबार, ०९ जेठ २०७३, ०९ : २१
आइतबार, ०९ जेठ २०७३

संयुक्त राज्य अमेरिका– अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्नो साताव्यापी एसिया भ्रमणका लागि शनिबार प्रस्थान गरेका छन् ।

अमेरिकी राष्ट्रपति ओबामाले आफ्नो भ्रमण सुरक्षा तथा अर्थतन्त्र सुधारका लागि सहकार्य गर्न प्रयोग गर्ने बताइएको छ ।

ओबामा पहिलो तीन दिन भियतनाम रहनेछन् । त्यहाँ रहँदा भियतनामी उच्च नेतृत्वसँग भेट गर्नुका साथै अमेरिका–भियतनाम सम्बन्धबारे सम्बोधन गर्नेछन् । भियतनाममा रहँदा ओबामाले त्यहाँका नागरिक समाजका अगुवा तथा व्यवसायीसँग पनि ओबामाले भेट्ने कार्यक्रम छ ।

भियतनामपछि अमेरिकी राष्ट्रपति सात औद्योगिक राष्ट्रहरुको जापानमा हुने सम्मेलनमा भाग लिन जानेछन् ।

ओबामाले जापानको हिरोसिमाको ऐतिहासिक भ्रमणसमेत गर्ने कार्यक्रम छ ।

अमेरिकाले पहिलो आणविक बमलाई जापानको हिरोसिमामा सन् १९४५ को अगस्ट ६ मा खसाल्दा करिब ७० लाख जापानीहरुको मृत्यु भएको उक्तस्थानमा त्यसपश्चात् कुनै पनि अमेरिकी राष्ट्रपतिले राष्ट्राध्यक्षका रुपमा भ्रमण गरेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप