अमेरिकाबाट खेलकुद सामग्री सहयोग
आइतबार, ०९ जेठ २०७३, ०९ : ३१
भीमदत्तनगर–कञ्चनपुरका जुनियर ब्याडमिन्टनका खेलाडीहरुलाई अमेरिकाबाट खेलकुद सामग्री सहयोग स्वरुप प्राप्त भएको छ ।
धनगढी घर भई हाल अमेरिकामा रहेका ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन पशुपति पनेरुले पछिल्लो समय देशकै तुलनामा कञ्चपुरमा नयाँ प्रतिभावान् खेलाडीहरु उत्पादन हुँदै गइरहेको प्रति खुसी व्यक्त गर्दै खेलकुद सामग्री उपलब्ध गराएका हुन् । शनिबार ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वाँरले अमेरिकाबाट उपलब्ध गराएको १० डिब्बा सटलकर्क एक कार्यक्रमका बीच जुनियर ब्याडमिन्टन खेलाडीलाई वितरण गर्नुभएको ब्याडमिन्टनका स्वयम्सेवक प्रशिक्षक विवेक थापाले जानकारी दिए ।
उहाँका अनुसार यसअघि पनि पनेरुले रु १० हजार नगदका साथै अन्य खेलकुद सामग्रीसमेत सहयोग प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
-
अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण