दश प्रतिशत महिलामा पाठेघर खस्ने समस्या
झापा – अस्पताललै अस्पताल रहेको बिर्तामोड क्षेत्रका १० प्रतिशतभन्दा बढी महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ ।
बिर्तामोड नगरपालिकाद्वारा आयोजित पाठेघर खस्ने समस्यासम्बन्धी छ दिने निःशुल्क स्वास्थ्य शिविरमा महिलामा जटिल रुपमा पाठेघरको समस्या भेटिएको हो । नगरपालिकाको छ स्थानमा भएको शिविरमा दुई हजार १२३ जना महिलाको स्वास्थ्य परीक्षण गर्दा २२५ जनामा पाठेघर खस्ने समस्या भेटिएको अनारमनी स्वास्थ्य चौकीकी सिनियर अहेब सविता सापकोटाले बताइन् । उनका अनुसार तत्काल शल्यक्रिया गर्नुपर्ने महिलाको सङ्ख्या २५ रहेको छ । जसलाई मेडिकलको भाषामा थर्ड डिग्रीको समस्या भनिने गरेको अहेब सापकोटाले बताइन् ।
त्यस्तै पहिलो र दोस्रो चरणको समस्या ७१ जना महिलामा देखिएको छ भने भिआइए परीक्षण गर्दा १२९ जनामा भिआइए पोजेटिभको समस्या भेटिएको अहेब सापकोटाले बताइन् ।
अनारमनी स्वास्थ्य चौकी र चारपाने स्वास्थ्य चौकीको सहयोगमा महिला उपभोक्ता समिति गठन गरी नगरपालिकाले छ दिने स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । महिलामा पाठेघरको समस्या जटिल बन्दै गएपछि नगरपालिकाले ०७२÷७३को बजेटमा रु आठ लाख छुट्याएको थियो । सोही रकमबाट निःशुल्क स्वास्थ्य शिविर गरिएको उपभोक्ता समितिकी अध्यक्ष रञ्जु प्याकुरेलले बताइन् । उनले समस्याको पहिचानको सुरुवात मात्र गरिएको बताउँदै समाजमा यस्तो समस्या भएका धेरै पीडित महिला अझै शिविरमा आएका छैनन् भनिन् ।
देशभरका करिब १० लाख महिला पाठेघर खस्ने समस्याबाट प्रताडित रहेको २०६४ सालको तथ्याङ्कले देखाएको छ । जसमा सबैभन्दा बढी सिरहा र सप्तरीमा ३० प्रतिशतभन्दा बढी महिलामा यो समस्या पाइएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
-
आजदेखि भरी सिलिण्डर ग्यास पाइने
-
स्वास्थ्यका लागि उसिनेको कि भिजाएको चना उत्तम ?
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण